गत साता झिनो अंक घटेको नेप्से, यस साता के होला?

Dec 03, 2023 06:48 AM Merolagani



गत साता नेप्से परिसूचक झिनो अंक घटेर बन्द भएको थियो। अघिल्लो साता १८६०.२० विन्दुमा बन्द भएको नेप्से, गत साता १.६७ अंक घटेर १८५८.५३ विन्दुमा झरेको हो।

गत साता ५ कारोबार दिनमध्ये ४ कारोबार दिन बजार घटेको थियो भने एक कारोबार दिन बढेको थियो। सो साताको पहिलो कारोबार दिन नेप्से ४७ अंकभन्दा बढी बढेको थियो।

 

टेवा क्षेत्रतर्फ झर्दै

गत साता नेप्से १९०० को मनोवैज्ञानिक प्रतिरोध परीक्षण गरी तल झरेको थियो। साताको अन्तिम कारोबार दिन नेप्से १८१० देखि १८४० को टेवा क्षेत्र नजिक पुगेको छ। यो एक बलियो टेवा क्षेत्र हो। नेप्सेले यस अघि पनि बारम्बार सो क्षेत्रमा टेवा पाइसकेको छ। यस साता नेप्से उकालो लागेमा १९५० देखि १९८० को क्षेत्रमा प्रतिरोधको सामना गर्ने देखिन्छ।

बियरिश रिभर्सल संकेत

साप्ताहिक रुपमा नेप्सेले गत साता ग्रेभस्टोन डोजी मैनबत्ती बनाएको छ। यसले सो साताको सुरुवातमा खरिदकर्ता बलियो देखिएपनि अन्तिम दिनहरुमा भने बिक्रीकर्ता हाबी भएको संकेत गर्दछ। यो एक बियरिश रिभर्सल मैनबत्ती हो। दुई साताको हरियो मैनबत्तीपछि बनेको यस मैनबत्तीले आगामी दिनमा बजार घट्न सक्ने संकेत गर्दछ।

बलियो भोल्यूम

गत साता नेप्से सामान्य घटेपनि भोल्यूम भने बलियो रहेको छ। गत साता नेप्सेमा दैनिक औषतमा १ अर्ब ५२ करोडको शेयर खरिदबिक्री भएको थियो। साताको अन्तिम कारोबार दिन नेप्सेको २० दिने औषत भोल्यूम १ अर्ब रहेको छ। २० दिने औषत भोल्यूमको तुलनामा गत साताको दैनिक औषत भोल्यूम ५२ प्रतिशत बढी हो।

बुलिश प्रवृत्ति

गत साता नेप्सेको एमएसिडी रेखा सिग्नल रेखाभन्दा माथि रहेको छ। यसले बजार अहिले बुलिश प्रवृत्तिमा नै रहेको संकेत गर्दछ। यद्यपि, साताको अन्त्यतिर भने यी दुई बीचको दूरी घटेको छ। त्यसैगरी, नेप्सेको हिस्टोग्राम सकारात्मक क्षेत्रमा रहेपनि उचाई भने घट्दै गएको छ।

खरिदबिक्री चाप सन्तुलनमा

गत साता स्टकास्टिक आरएसआईमा नेप्से परिसूचक न्यूट्रल जोनमा रहेको छ। यसले बजारमा खरिदबिक्री चाप सन्तुलनमा रहेको संकेत गर्दछ।

(प्राविधिक विश्लेषणमा प्रयोग भएका चित्रहरु मेरोलगानी एआई चार्टबाट लिइएको हो। विस्तृत प्राविधिक विश्लेषण्का लागि मेरोलगानी न्यूजलेटर हेर्नुहोस्।)

(उपलब्ध तथ्यांकका आधारमा तयार गरिएको यो विश्लेषण आफैमा पूर्ण होइन। लगानीकर्ताले लगानीको निर्णय गर्नु अघि आफैले थप अध्ययन तथा विश्लेषण गर्नु आवश्यक छ।)




८१ लाख डिम्याट धारकलाई थाहा नभएको त्यो रहस्य: अर्थ समितिमा खुल्यो शेयर बजारको असली रूप !

Oct 01, 2026 02:48 PM

सुवास निरौला
नेपालको पूँजी बजारमा सर्वसाधारणको सहभागिता संख्यात्मक हिसाबले नयाँ उचाइमा पुगेको देखिए पनि त्यसको गुणात्मक फैलावट र दोस्रो बजारको वास्तविक पहुँचमा भने गम्भीर खाडल देखिएको छ।