सातामा करिब ६ प्रतिशत बढ्यो नेप्से, कुन उपसमूहको परिसूचक कति बढ्यो?

Jul 27, 2024 06:15 AM Merolagani



यस साता नेप्से परिसूचक करिब ६ प्रतिशत बढेर बन्द भएको छ। गत साता २४२४.३२ विन्दुमा बन्द भएको नेप्से, यस साता ५.९३ प्रतिशत अर्थात १४३.८१ अंक बढेर २५६८.१३ विन्दुमा पुगेको छ।

यस साता ५ कारोबार दिनमध्ये ४ कारोबार दिन नेप्से बढेको थियो भने एक कारोबार दिन घटेको थियो। यस साताको बुधबार नेप्सेमा २७ अंकको करेक्सन भएको थियो।

 

यस साता सेन्सेटिभ इण्डेक्स ५.४८ प्रतिशत बढेको छ भने फ्लोट इण्डेक्स ६.०६ प्रतिशत र सेन्सेटिभ फ्लोट इण्डेक्स ५.७२ प्रतिशत बढेको छ।

नेप्सेसँगै यस साता दैनिक औषत कारोबार रकम पनि बढेको छ। गत साता दैनिक औषतमा १० अर्ब ६२ करोडको शेयर खरिदबिक्री भएको बजारमा यस साता १४ अर्ब ७२ करोडको शेयर किनबेच भएको छ। गत साताको तुलनामा यस साताको दैनिक औषत कारोबार रकम ४ अर्ब १० करोड अर्थात ३८.६४ प्रतिशत बढी हो। त्यस्तै, यस साता दैनिक औषत कारोबार संख्या ३३.१२ प्रतिशत बढेको छ भने दैनिक औषत शेयर संख्या ३५.९२ प्रतिशत बढेको छ।

यस साता नेप्सेको कुल बजार पूँजीकरण पनि करिब ५ प्रतिशत बढेको छ। गत साताको अन्तिम कारोबार दिन ३८ खर्ब ४६ अर्ब रुपैयाँ रहेको नेप्सेको कुल बजार पूँजीकरण, यस साता २ खर्ब २८ अर्ब रुपैयाँ बढेर ४० खर्ब ७४ अर्ब रुपैयाँ पुगेको छ।

यस साता १३ वटै उपसमूहको परिसूचक बढेको छ। जसमध्ये व्यापार उपसमूहको परिसूचक सर्वाधिक ११.६७ प्रतिशत बढेको छ। गत साता ३३८१.४९ विन्दुमा बन्द भएको सो उपसमूहको परिसूचक, यस साता ३९४.६५ अंक बढेर ३७७६.१४ विन्दुमा बन्द भएको छ। यस साता विकास बैंक उपसमूहको परिसूचक भने सबैभन्दा कम २.८२ प्रतिशत बढेको छ।

अंकका आधारमा यस साता निर्जीवन बीमा उपसमूहको परिसूचक सबैभन्दा बढी ९४६.८० अंक बढेको छ। गत साता ११,९२४.३७ विन्दुमा रहेको यस उपसमूहको परिसूचक, यस साता १२,८७१.१७ विन्दुमा पुगेको छ।

यस साता नेपाल फाइनान्सको शेयरमूल्य सर्वाधिक ३९.२१ प्रतिशत बढेको छ। त्यस्तै, यस साता एशियन हाइड्रोपावरको शेयरमूल्य करिब साढे ३७ प्रतिशत बढेको छ भने बोटलर्स नेपाल (तराई) को शेयरमूल्य करिब २५ प्रतिशत बढेको छ। यस साता सिक्लेस हाइड्रोपावरको शेयरमूल्य सर्वाधिक १२.९० प्रतिशत घटेको छ। त्यस्तै, माथिल्लो मैलुङ्ग खोला जलविद्युतको शेयरमूल्य साढे १२ प्रतिशत घटेको छ।

फ्लोरसिट विश्लेषण गर्दा यस साता एशियन हाइड्रोपावर, आरबिबि म्युचुअल फण्ड १, एनआईसी एशिया ग्रोथ फण्ड लगायतका स्टकहरु मोस्ट पपुलर बाइ स्टक सूचीको शीर्ष स्थानमा रहेको छ भने एनएमबि सुलभ इन्भेष्टमेन्ट फण्ड २, माण्डु हाइड्रोपावर, प्रभु स्मार्ट फण्ड लगायतका स्टकहरु मोस्ट पपुलर सेल स्टक सूचीको शीर्ष स्थानमा रहेका छन्।




comments powered by Disqus

एभरेष्ट बैंकको लाभांश घोषणा, बोनस र नगद कति?

Sep 06, 2024 01:45 PM

एभरेष्ट बैंक लिमिटेड (EBL) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। बैंकले हाल कायम चुक्ता पूँजीको १५.५३ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो।