मध्यपूर्व द्वन्द्वको असर कम गर्न एडीबीले ल्यायो विशेष सहायता प्याकेज,गम्भीर संकट आउने चेतावनी

Mar 25, 2026 01:11 PM merolagani



मध्यपूर्वमा जारी द्वन्द्वका कारण सिर्जित आर्थिक तथा वित्तीय चुनौतीहरू सामना गर्न एशियाली विकास बैंक (एडीबी) ले आफ्ना विकासोन्मुख सदस्य राष्ट्रहरूका लागि विशेष सहायता प्याकेजको घोषणा गरेको छ ।

अर्थतन्त्रहरूमा परिरहेको तत्कालको चुनौतीहरु व्यवस्थापन गर्न र दीर्घकालीन रुपमा ती देशको अर्थतन्त्रलाई मजबुत बनाउन एडीबीले प्याकेज घोषणा गरेको हो ।

बैंकका अध्यक्ष मासातो कान्डाले प्याकेजमार्फत सदस्य राष्ट्रहरूलाई द्रुत रूपमा वितरण हुने बजेट सहायता र अत्यावश्यक वस्तुहरूको आयात सुनिश्चित गर्न सघाउ पुग्ने बताए। उनकाअनुसार व्यापार तथा आपूर्ति श्रृंखलालाई सहज पार्न वित्त व्यवस्था उपलब्ध गराइनेछ । विशेष गरी इन्धनको मूल्यमा भएको भारी वृद्धिलाई सम्बोधन गर्न विभिन्न देशका लागि विश्व बैंकले वित्तीय सहयोग उपलव्ध गराउने गर्ने निर्णय गरेको उनले जानकारी दिए ।

एडीबीकाअनुसार मध्यपूर्वको तनावका कारण ढुवानी मार्गहरूमा अवरोध आउँदा लागत र समय दुवै बढेको देखाएको छ । यसको प्रत्यक्ष असर ऊर्जा क्षेत्रमा मात्र नभई औद्योगिक कच्चा पदार्थ, पेट्रोकेमिकल्स र रासायनिक मलमा समेत परेको छ, जसले गर्दा कृषि र खाद्य उत्पादनमा गम्भीर संकट आउन सक्ने चेतावनी बैंकले दिएको छ । साथै, पर्यटन र रेमिट्यान्समा निर्भर रहने मुलुकहरूले मुद्रास्फीति र वैदेशिक मुद्रा सञ्चितिमा थप दबाब खेप्नुपर्ने अवस्था सिर्जना भएको छ ।

यस्तो विषम परिस्थितिमा समष्टिगत आर्थिक स्थिरता कायम राख्न बैंकले आफ्नो ‘काउन्टरसाइकलिक सपोर्ट फेसिलिटी’ मार्फत सहुलियतपूर्ण ऋण उपलब्ध गराउनेछ । यसले सरकारहरूलाई वित्तीय घाटा कम गर्न र लक्षित वर्गको जीविकोपार्जनमा परेको प्रभाव न्यूनीकरण गर्न मद्दत पुग्ने विश्वास लिइएको छ ।

अध्यक्ष कान्डाका अनुसार, बैंकले गम्भीर रूपमा प्रभावित भएका सदस्य राष्ट्रहरूसँग तत्काल आवश्यक सहयोगबारे छलफल सुरु गरिसकेको छ । ६९ सदस्य राष्ट्र भएको यस बहुपक्षीय विकास बैंकले निजी क्षेत्र र अन्य विकास साझेदारहरूसँग मिलेर गरिब तथा जोखिममा रहेका समुदायको सुरक्षाका लागि एकीकृत रूपमा काम गर्ने प्रतिबद्धता जनाएको छ ।




'बालेनले प्रचण्डसँग सहकार्य गरेर अघि बढ्ने'

Mar 24, 2026 05:17 PM

राष्ट्रिय जनमोर्चाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र नेपाली कम्युनिष्ट पार्टीसँग सहकार्य गरेर अघि बढ्ने सम्भावना रहेकाे बताएकाे छ । मंगलवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै राष्ट्रिय जनमोर्चाका महासचिव मनोज भट्टले उक्त बिषयकाे खुलासा गरेका हुन्।