ललितपुरको बंगलामुखीमा जन्मिएका, आदर्श माध्यमिक विद्यालय हुँदै नेपाल कमर्श क्याम्पस मीनभवनबाट एमकम गरेका श्रेष्ठले आर्थिक अनुसन्धानदेखि बैंकिङ, फाइनान्स र क्यापिटल मार्केटसम्मको अनुभव बोकेका छन् ।
एनआईडिसीमा उर्जाशील दशक बिताएपछि श्रीलंका मर्चेन्ट बैंक र युनाइटेड फाइनान्सको सिईओसम्मको यात्राले उनलाई पेशागत र व्यवहारिक हिसाबले परिपक्व बनायो । शेयर बजारलाई दीर्घकालीन सुरक्षा र भरोसायोग्य लगानी गर्ने सेतुको रुपमा ठान्छन उनी । आईपीओदेखि बैंक, उत्पादनमूलक र अन्य क्षेत्रमा गरेको लगानीले श्रेष्ठलाई उतारचढावबीचमा संयमित रहन सधै प्रेरित गर्यो ।
सूचक बढ्दा खुशी र घट्दा आत्तिएर खरिद बिक्रीको निर्णय उनले कहिले गरेनन्, बरु धैर्य, अध्ययन र अनुशासनलाई सफल लगानीको मूल मन्त्रको रुपमा अपनाए । अनुभव, दृष्टिकोण र सन्तुलित सोच बोकेका श्रेष्ठ नेपाली क्यापिटल मार्केटका पाइनियर हुन् । उनै सुनन्द बहादुर श्रेष्ठलाई ‘मेरो लगानी मार्केट लेजेन्डस सिरिज’मा स्वागत गर्दछौ ।