मौद्रिक नीति निमार्णको अन्तिम कसरतमा राष्ट्र बैंक,सरोकारवालासँग सुझाब माग्यो

Jun 13, 2017 merolagani

आगामी आर्थिक बर्षको मौद्रिक नीति निमार्णमा जुटेको राष्ट्र बैंकले सरोकारवालासँग सुझाब माग गरको छ । ईमेल मार्फत सरोकारवालाहरुले आगामी मौद्रिक नीति बारे सुझाब दिन सक्ने राष्ट्र बैंकले जनाएको छ । राष्ट्र बैंक असारको दोस्रो साता मौद्रिक नीति सार्वजनिक गर्ने तयारीमा छ ।



राष्ट्र बैंकले आगामी आर्थिक बर्षका लागि मौद्रिक नीति तर्जुमा गर्न सरोकारवाला तथा सर्वसाधारणसँग सुझाब माग गरेको हो । राष्ट्र बैंकलाई इमेलमार्फत दिन सकिन्छ। monetarypolicy@nrb.org.np मा इमेल गरेर आफ्नो सुझाव तथा समस्या राख्न सकिने छ।

राष्ट्र बैकलाई बैंक तथा वित्तीय क्षेत्रमा देखिएका समस्या, ब्याज दर, तरलता, अन्य बैंकिङ समस्या, मूल्य बृद्धि लगायतका बारेमा सुझाव दिन पाइने छ । दुईबर्ष अगाडिको मौद्रिक नीतिबाट बैंक तथा वित्तीय संस्थाको पूँजी चार गुणा बढाउने व्यवस्था गरेको राष्ट्र बैंकले पूँजी वृद्धिका लागि समय थप गर्ने नगर्ने भन्ने बिषय अहिले चर्चामा रहेको छ । बैंक तथा वित्तीय संस्थाहरुले आगामी असार मसान्तसम्ममा राष्ट्र बैंकले तोकेको पूँजी पुर्याउन पर्ने समयसिमा रहेको छ ।

मौद्रिक नीति के हो ? अर्थतन्त्रमा कस्तो प्रभाव रहन्छ ?

सामान्य रुपमा मुद्राप्रदाय (मुद्रा आपूर्ति) नियन्त्रण गर्नको लागि बनाइने नीति मौद्रिक नीति हो । मौद्रिक नीति कुनै पनि मुलुकको केन्द्रिय बैंकले निर्माण गर्दछ । नेपालमा  राष्ट्र बैंकले मौद्रिक नीति बनाउँदै आएको छ ।

बजार  मागअनुसारको मात्रै मुद्रा आपूर्ति गर्नका लागि मौद्रिक नीति बनाइन्छ । बजारमा मुद्रा आपूर्ति बढी भयो भने महँगी बढ्न जान्छ ।राष्ट्र बैँकले सिमीत मात्रामा मात्रै बजारमा रकम पठाउँछ । यसरी मुद्राप्रदाय नियन्त्रणमा रहँदा मुल्यवृद्धि नियन्त्रणमा रहने र अन्ततः मुद्रास्फिती व्यवस्थापन हुने हुन्छ । यी कुराहरुको नियन्त्रण र नियमन नीतिगत तवरले गर्नका लागि नेपाल राष्ट्र बैंकले हरेक आर्थिक वर्षको सुरुवातमा मौद्रिक नीति ल्याउने गर्दछ ।

मौद्रिक नीति केन्द्रिय बैँकले जारी गर्ने एक मात्र नीति हो, जसभित्र वित्तीय नीति र विदेशी विनिमय नीति समावेश गरिएको हुन्छ । वित्तीय नीति अन्तर्गत नेपाल राष्ट्र बैंकको मातहतमा रहेका बैंक तथा वित्तीय संस्थाहरुको नियमनसम्बन्धि नीति पर्दछ । बैंक तथा वित्तीय संस्थाहरुको नियमन पनि मौद्रिक नीति मार्फत हुने गर्छ । बैंक तथा वित्तीय संस्थाहरु पैसाको कारोबार गर्ने संस्था हुन् । 

यसबाहेक, मूल्यवृद्धि नियन्त्रणमा मौद्रिक नीतिको मुख्य भूमिका रहन्छ । अर्थमन्त्रालयले सार्वजनिक गरेको बजेटले लिएको लक्ष्य पूरा हुने किसिमको मौद्रिक नीति ल्याउनु राष्ट्र बैंकको मूख्य उद्देश्य रहन्छ । यस हिसाबले मौद्रिक नीतिको सम्बन्ध बैंक तथा वित्तीय संस्थासँग मात्र नभई मुलुकको समग्र अर्थतन्त्रसँग पनि रहेको हुन्छ ।

मौद्रिक नीतिले बैंक तथा वित्तीय संस्थाहरुलाई कुन क्षेत्रमा कति न्युनतम लगानी गर्ने भनि लगानीको दायरा तोकिदिएको हुन्छ । जसअनुसार विगतका मौद्रिक नीतिले उत्पादनमूलक क्षेत्रमा लगानी बढाउन बैंकहरुलाई पटकपटक निर्देशन दिँदै आएको छ ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।