गुरु न्यौपानेले किन गर्दैछन् जनता र राष्ट्र बैंक विरुद्ध मुद्धा हाल्ने तयारी ?

Nov 02, 2017 Merolagani



- परमेश्वर अधिकारी
जनता बैंकका निवर्तमान संचालक गुरुप्रसाद न्यौपानेले आफ्नै बैंक र राष्ट्र बैंकलाई विपक्षी बनाएर मुद्धा हाल्ने तयारी गरेका छन् । नेपाल राष्ट्र बैंकको निर्देशनमा जनता बैंकले आफ्नी श्रीमति सुमित्रादेवी न्यौपानेको सेयर जफत गरेर लिलाममा राखेपछि गुरुले अदालतमा मुद्धा हालेर लिलाम रोक्ने तयारी गरेका हु्न् ।

न्यौपानेले माछापुच्छ्रे बैंकसँग मर्जमा जाने सम्झौता हुन लाग्दा भित्री सूचना (ईन्साईडर ट्रेडिङ) मार्फत आफ्नी श्रमिति सुमित्रादेवीको नाममा दोस्रो बजारबाट हजारौं कित्ता सेयर किनेका थिए । गैरकानुनी काम गरी किनेको सेयर र सोमा थपिएको हकप्रद र बोनस गरी ८५ हजार एक कित्ता हालै जनता बैंकले जफत गरी लिलाममा राखेको छ ।

जनता बैंकले उक्त जफत सेयर कात्तिक १५ देखि २१ गतेसम्म लिलाममा राखेको छ । गुरुले लिलाम कबुल्ने अन्तिम दिन अगावै अदालतबाट अन्तरिम आदेश ल्याएर लिलाम स्थगित गराउने गरी बन्दोबस्ती मिलाउन केही बरिष्ठ वकिलहरुसँग सल्लाह गरेको र खर्चका लागि ४० लाख छुट्याएको स्रोतको भनाई छ । जफत भएको सेयर अदालती मुद्धाबाट जोगिएमा अहिलेको मूल्य अनुसार दुई करोड बच्ने भएकाले गुरुले अदालती मुद्धाको सहारा लिन लागेका हुन ।

यसरी प्रयोग गर्नुहोस डाटा एनालिटिक्स

गुरुले आफ्नी श्रीमतिसँग छोडपत्र गरी अंशबण्डा भईसकेको र श्रीमतिको पैतृक सम्पत्तिले किनिएको स्त्री धन भएको भन्दै सो जफत गर्नु नहुने दावीसहित अदालतमा मुद्धा दायर गर्न लागेको बताईएको छ ।

यस बारेमा बुझ्न गुरुका छोरा संजीव न्यौपानेसँग सम्पर्क गर्दा उनले अनभिज्ञता प्रकट गरे । त्यस्तै बरिष्ठ कानुन ब्यवसायी शम्भु थापाले आफु त्यस मुद्धाको तयारी गर्ने समूहमा नरहेको बताए । गुरु न्यौपानेसँग सम्पर्क हुन सकेन ।

पुराना सामग्री पनि पढ्नुहोस् ...

जनता बैंकले लिलाममा ल्यायो गुरु न्यौपानेबाट जफत गरेको सेयर

गुरु न्यौपानेको ८५ हजार कित्ता सेयर जनता बैंकले जफत गर्ने, बैंकिङ कसुर प्रमाणित

जनता बैंक संचालक समितिले गुरुप्रसाद न्यौपानेको "अपराध" लुकाउने प्रयास गरेपछि साधारणसभामै बबण्डर

------------------------------------------------------------------------------------------------------------------------

................ सिद्धार्थ बैंकले ल्यायो ‘मेरो सेयर खाता’, वार्षिक ६ प्रतिशत ब्याजदर  ..................

.................. १२ मेगावाट क्षमताको दोर्दीखोलाको निमार्ण तीन बर्षमा सक्ने लक्ष्य  ..................

 

गुरुप्रसाद न्यौपानेले बैंकिङ कसुर गरेको प्रमाणित, जनता बैंकले सेयर जफत गर्ने




सपथ नलिदै ‘बालेन सरकार’ विरुद्ध सरकारी हाकिमहरु सडकमा

Mar 26, 2026 01:51 PM

फागुन २१ को निर्वाचनमा प्रचण्ड बहुमत जितेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) नेतृत्वमा सुक्रबार नयाँ सरकार गठन हुने तयारी भइरहेको छ ।