 अघिल्लो आर्थिक बर्षमा १ करोड ६९ लाख रुपैयाँ खुद नाफा कमाएको उन्नति माइक्रोफाइनान्सले गत असार मसान्तसम्म २ करोड ५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । लघुवित्तले २१.३० प्रतिशतले खुद नाफा बढाएको हो ।
अघिल्लो आर्थिक बर्षमा १ करोड ६९ लाख रुपैयाँ खुद नाफा कमाएको उन्नति माइक्रोफाइनान्सले गत असार मसान्तसम्म २ करोड ५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । लघुवित्तले २१.३० प्रतिशतले खुद नाफा बढाएको हो ।  
गत पुसमा एक करोड ६५ लाखको साधारण सेयर जारी पश्चात माईक्रोफाइनान्सको चुक्ता पूँजी ५ करोड ५० लाख रुपैयाँ पुगेको छ ।  
पूँजी बढे अनुरूप व्यवसाय विस्तार हुन नसक्दा कम्पनीकाे  माईक्रोफाइनान्सको प्रतिशेयर आम्दानी  ४४ रूपैयाँ १ पैसाबाट ३७ रुपैयाँ ३७ पैसामा संकुचन हुन पुगेकाे छ । 
माइक्रोफाइनान्सले जगेडा कोषमा दुई करोड ३ लाख रुपैयाँले सुधार गरेर ३ करोड ५१ लाख रुपैयाँ सञ्चित छ । समीक्षा अवधिमा लघुवित्तले ३३ करोड ३५ लाख रुपैयाँ निक्षेप संकलन र बैंकहरुबाट ८५ करोड २४ लाख सापटी लिएर एक अर्ब १८ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ । 
माईक्रोफाइनान्सले ६ करोड ५० लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । यो अघिल्लो बर्षको ष्यसै अवधिको तुलनामा एक करोड ३५ लाख बढी हो । 
माइक्रोफाईनान्सले कर्मचारी खर्चमा ३ करोड ६७ लाख रुपैयाँ र अन्य सञ्चालन खर्च १ करोड ९७ लाख रुपैयाँ खर्च गरेपछि सञ्चालन नाफा ३ करोड १५ लाख रुपैयाँ भएको छ । 
यस अवधिमा माईक्रोफाइनान्सको निष्कृय कर्जा अनुपात बढेर ०.६२ प्रतिशत पुगेको छ । उसकाे प्रतिशेयर नेटवर्थ १६३. रुपैयाँ ९६ पैसा र मूल्य आम्दानी अनुपात ४९.२३ गुणा रहेको छ ।