अनलाइन कारोबार बारे ब्रोकर र लगानीकर्तालाई नेप्सेले गर्यो यस्तो आग्रह

Nov 13, 2018 Merolagani



नेपाल स्टक एक्सचेञ्जले ब्रोकर तथा लगानीकर्तालाई केवाइसी अपडेट गर्न आग्रह गरेको छ । साथै नेप्सेले पुरानो कारोबार प्रणाली  सिटिएस) मा विवरण अपडेट नगराई ब्रोकरको प्रणाली (टिएमएस) कारोबार गर्न नसकिने प्रष्ट पारेको छ ।

निकै लामो प्रतिक्षा र तामझाम साथ सुरु गरिएको अनलाइन कारोबार प्रणाली प्रभावकारी रुपमा संचालनमा नआएपछि नेप्सेले लगानीकर्ता तथा ब्रोकरलाई केवाइसी अपडेट गर्न गराउन आग्रह गरेको हो।

केही ब्रोकर तथा लगानीकर्ताहरुले टिएमएसमार्फत कारोबार गर्न नपाएको भन्ने जानकारी प्राप्त भएको र नेप्सेको पुरानो कारोबार प्रणाली(सिटिएस)मा केवाइसी अपडेट नभएका अथवा अपडेट गरे पनि केही आवश्यक पर्ने विवरण छुटेका कारण यो समस्या आएको नेप्सेको दाबी छ ।

नेप्सेले व्यक्तिगत वा संस्थागत लगानीकर्ताहरुलाई आफुले मागे बमोजिमको विवरणहरु आफ्ना ब्रोकरलाई उपलब्ध गराउन आह्वान गरेको छ । विवरण अपडेट नगरी युनिक क्लाइन्ट कोड(यूसीसी) प्राप्त नहुने र टिएमएसमा कारोबार गर्न समेत नसकिने नेप्सेको भनाई छ ।

नेप्सेका अनुसार कर्पोरेट क्लाइन्टहरुले आफ्ना ब्रोकरलाई क्लाइन्टको नाम, क्लाइन्टको कोड, रजिस्टेसन नम्बर र रजिस्टेसन डेट(मिति) उपलब्ध गराउनुपर्नेछ ।

यस्तै, व्यक्तिगत क्लाइन्टका लागि नाम, कोडनम्बर, जन्ममिति, नागरिकता जारी मिति, नागरिकताको नम्बर र नागरिकता जारी भएको जिल्ला सम्बन्धी विवरण आवश्यक पर्नेछ ।

 




सोमबार देखि नयाँ सर्किट व्यवस्था लागू हुँदै: अब एकै दिन १५ प्रतिशतसम्म मूल्य घटबढ हुन पाउने

Apr 17, 2026 11:48 AM

नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले शेयर बजारको कारोबारलाई थप फराकिलो र चलायमान बनाउन ल्याएको ‘धितोपत्र कारोबार सञ्चालन विनियमावली, २०७५’ को नयाँ व्यवस्था आगामी सोमबार अर्थात् वैशाख ७ गतेदेखि कार्यान्वयनमा आउने भएको छ।