किसान माइक्रोफाइनान्सको हकप्रद खुल्यो, कात्तिक १२ सम्म कायम शेयरधनीले मात्र पाउने

Nov 18, 2018 Merolagani

किसान माइक्रोफाइनान्स वित्तीय संस्था (KMFL) ले आज (मंसिर २ गते) देखि चुक्ता पूँजीको ५० प्रतिशत हकप्रद निष्काशन खुला गरेको छ। यस हकप्रदमा कात्तिक १२ गतेसम्म कायम रहेका माइक्रोफाइनान्सको शेयरधनीले हकप्रदमा आवेदन दिन पाउनेछन् ।

किसान माइक्रोफाइनान्सले हाल कायम चुक्ता पूँजी ४ करोड ८० लाख ५० हजार रुपैयाँको ५० प्रतिशत अर्थात एक सय रुपैयाँ अंकित दरमा २ लाख ४० हजार २५० कित्ता हकप्रद जारी गर्न लागेको हो । 

हकप्रदमा सिभिल क्यापिटल मार्केटलाई हकप्रद शेयर निष्काशनको बिक्री प्रबन्धक तोकिएको छ ।

हकप्रदमा नेपाल धितोपत्र बोर्डबाट सि आश्वा अनुमति प्राप्त सम्पूर्ण बैंक तथा वित्तीय संस्था र तीनका शाखा कार्यालय, मेरो शेयर तथा सिभिल क्यापिटल मार्केट सुन्धारा, किसान माईक्रोफाइनान्सको सम्पूर्ण शाखाहरु, तथा सिभिल बैंकको विराटनगर, पोखरा, नेपालगञ्ज, विरगञ्ज, नारायणघाट र बुटवल शाखा मार्फत पुस ८ गतेसम्म आवेदन गर्न सकिने बिक्री प्रबन्धकले जनाएको छ ।

हकप्रद जारी गर्दा कम्पनीको पूँजी ७ करोड २० लाख ७५ हजार रुपैयाँ पुग्नेछ । माइक्रोफाइनान्सले गत आर्थिक वर्षको नाफाबाट हाल कायम चुक्ता पूँजीको २९ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि १.५३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

एक करोड ३९ लाख ३५ हजार ५०० रूपैयाँ बोनस वितरण पश्चात कम्पनीको चुक्ता पूँजी ८ करोड ६० लाख ९ हजार ५०० रुपैयाँ कायम हुनेछ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।