सहयोगी विकास बैंककाे लाभांश प्रस्ताव

Dec 03, 2018 Merolagani



सहयोगी विकास बैंक (SBBLJ) ले गत आर्थिक वर्ष २०७४/७५ को नाफाबाट शेयरधनीलाई लाभांश प्रस्ताव गरेको छ । आइतबार बसेको सञ्चालक समितिको २६७ औं बैठकले शेयरधनीलाई १७ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको हो ।

अघिल्लो वर्ष २० प्रतिशत बोनस शेयर र ४.५० प्रतिशत नगद लाभांश वितरण गरको सहयोगी विकास बैंकले ७.५ प्रतिशत कम नगद लाभांश मात्र वितरण गर्ने प्रस्ताव गरेको हो । गत आर्थिक वर्षमा बैंकले ११ करोड ९५ लाख रुपैयाँ खुद नाफा गरेको थियो । 

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंक स्वीकृत भएर कम्पनीको साधारणसभाबाट पारित गरेपछि शेयरधनीलाई वितरण हुनेछ ।

५० करोड रुपैयाँ चुक्ता पूँजी रहेको बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा एक करोड २८ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यस अवधिमा बैंकको प्रतिशेयर आम्दानी बार्षिक १० रपैयाँ १२ पैसा प्रतिशेयर आम्दानी ३७ रुपैयाँ ७९ पैसा छ ।




७ कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

Dec 29, 2025 07:26 AM

पुस १४ गते, सोमबार, ७ कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ। यस दिन नबिल बैंक, बुटवल पावर कम्पनी, आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स, सपोर्ट लघुवित्त वित्तीय संस्था, मिथिला लघुवित्त वित्तीय संस्था, छिमेक लघुवित्त वित्तीय संस्था र डिप्रोक्स लघुवित्त वित्तीय संस्थाको लाभांश सुरक्षित गर्ने अन्तिम दिन हो।