किसान माइक्रोफाइनान्सको २९ प्रतिशत बोनस सुरक्षित गर्ने बिहीबार अन्तिम दिन

Dec 13, 2018 Merolagani



किसान माइक्रोफाइनान्स (KMFL) ले बोनस वितरण तथा साधारण सभा प्रयोजनका लागि मंसिर २९ गते शेयरधनी दर्ता पुस्तिका बन्द गर्ने भएको छ । यसअनुसार बिहीबारसम्म कायम शेयरधनीले मात्र बोनस पाउनेछन् ।

मंसिर २६ गते बुधबार लघुवित्तकाे शेयर प्रतिकित्ता एक हजार १३२ रूपैयाँमा काराेबार भएकाे छ ।  लघुवित्तले पुस ७ गते साधारण सभा बोलाएको छ । साधारण सभाले २९ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि १.५३ प्रतिशत नगद लाभांश पनि पारित गर्दैछ ।

एक करोड ३९ लाख ३५ हजार ५०० रूपैयाँ बोनस वितरण तथा ५० प्रतिशत हकप्रद पूँजीकरण पश्चात कम्पनीको चुक्ता पूँजी ८ करोड ६० लाख ९ हजार ५०० रुपैयाँ कायम हुनेछ । साधारण सभामा लघुवित्तले यहि पूँजीको हकप्रद जारी गर्ने प्रस्ताव समेत गरेको छ ।

यो हकप्रद समेत गर्दा लघुवित्तको चुक्ता पूँजी १७ करोड २० लाख १९ हजार रुपैयाँ पुग्नेछ ।

सम्बन्धित समाचारहरू :-

किसान माइक्रोफाइनान्सले फेरि हकप्रदको भारी बोकाउने

किसान माइक्रोफाइनान्सको प्रतिशेयर आम्दानी कति तल झर्ला ? २९ प्रतिशत बोनसको बुकक्लोज

किसान माइक्रोफाइनान्सको हकप्रद खुल्यो, कात्तिक १२ सम्म कायम शेयरधनीले मात्र पाउने




मुक्तिनाथ विकास बैंकले जानकी फाइनान्स र सिन्धु विकास बैंकलाई एक्वायर गर्ने

Sep 07, 2026 10:02 AM

मुक्तिनाथ विकास बैंक लिमिटेड (MNBBL) ले जानकी फाइनान्स र सिन्धु विकास बैंकलाई एक्वायर (प्राप्ती) गर्ने भएको छ। भदौ १९ गते बसेको यी बैंकहरुको सञ्चालक समितिको बैठकले सो प्राप्तीको निर्णय गरेको हो।