शेयर बजारमा एकै दिन एक अर्ब ३५ करोडको कारोबार, उचाई लिदैँ नेप्से

Apr 25, 2019 Merolagani



नयाँ वर्ष सुरु भएयता नेप्सेले दैनिक नयाँ उचाई लिँदै गएको छ भने कारोबार रकममा समेत क्रमिक सुधार देखिएको छ। विगतका महिनाहरुमा औसतमा ३० करोडको शेयर किनबेच भईरहेको बजारमा दैनिक अर्ब बढीको कारोबार हुन थालेको छ ।

बिहीबारको बजारमा एकैदिन एक अर्ब ३५ करोड बढीको शेयर किनबेच भयो । यस दिन नेप्से सूचक १२.८३ अंकले बढेर १२९२.१२ अंकमा पुगेको छ ।

कारोबार रकम बुधबारको तुलनामा ७४ करोड ३४ लाख रुपैयाँले बढी हो। बुधबार ६१ करोड ४१ लाख रुपैयाँ बराबरको मात्रै कारोबार भएको थियो।

बजारमा वाणिज्य बैंकहरुको शेयरमा लगानीकर्ताको मुख्य आर्कषण रहेपनि विस्तारै अन्य समूहका शेयरको समेत माग बढ्न थालेको छ। जसले गर्दा कारोबारमा आएका सबै समूहमा हरियाली छाएको छ।

बिहीबार कारोबारमा आएका १० उपसमु सबैको सूचक सकारात्मक बनेका छन् । यसदिन सबै भन्दा धेरै जीवन बीमाको सूचक ८९.९१ अंकले बढेको छ।

यस्तै निर्जीवन बीमा ७४.८४, विकास बैंक ४५.२९, उत्पादन तथा प्रशोधन २२.९, होटल २१.५, माइक्रोफाइनान्स १०.३९, वाणिज्य बैंक १०.०९, अन्य ६, हाइड्रोपावर ५.२४ र फाइनान्स ०.८८ अंकले उकालो लागेको हो।

यसदिन नेपाल बैंकको सबैभन्दा धेरै १८ करोड ४१ लाख रुपैयाँ बराबरको कारोबार भएको छ। यस्तै एनसिसि बैंकको ७ करोड ३० लाख, प्रभु बैंकको ७ करोड २६ लाख, छिमेक लघुवित्तको ६ करोड ६० लाख, कृषि विकास बैंकको ५ करोड ४३ लाख, एनएमबि बैंकको ५ करोड ३४ लाख रुपैयाँ बराबरको कारोबार भएको छ।

यसैगरी सानिमा बेंकको ४ करोड ६१ लाख, एनआईसि एशिया बैंकको ४ करोड ५१ लाख, जनता बैंकको ३ करोड ९८ लाख र सिद्धार्थ बैंकको ३ करोड ४७ लाख रुपैयाँ बराबरको कारोबार भएको छ।
बुधबारको कारोबारबाट एभरेष्ट्र इन्स्योरेन्सका शेयरधनीहरुले सबैभन्दा धेरै कमाएका छन्।

 

इन्स्योरेन्सका शेयरधनीहरुले ९.८४ प्रतिशतले कमाएका हुन्। यस्तै कृषि विकास बैंकको ९.६० प्रतिशत, मिर्मिरे लघुवित्तको ७.७२, युनाईटड इन्स्योरेन्स ७.५९, राधि विद्युत कम्पनीको ७.१४ प्रतिशतले शेयरमूल्य बढेको छ। नविल इक्वीटि फाण्डको इकाई मूल्य र साइन रेसुङ्गको शेयरमूल्य ६ प्रतिशत भन्दा बढीले सुधार भएको छ।

यता तारागाँउ रेजेन्सी होटलको शेयरधनीले सबैभन्दा धेरै ९.३० अंकले गुमाएका छन्। नेशनल माइक्रोफाइनान्सको शेयरमूल्य ६.३८ अर गुहेश्वरी मर्चेन्ट बैंकको ३.९० अंकले शेयरमूल्य झरेको छ। यस्तै महिला लघुवित्त, सिटिजन मुचुअल फण्डको इकाई मूल्य, अरुण काबेली पावर, सपोर्ट माइक्रोफाइनान्स, सिनर्जी पावर लगायतको शेयरमूल्य २ प्रतिशत भन्दा बढीले घटेको छ।




अर्थ मन्त्रालयले भन्याे 'अर्थमन्त्री पौडेल आक्रमणमा पर्नु भएको होइन'

Sep 10, 2025 11:55 AM

अर्थ मन्त्रालयले उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल आक्रमणमा नपरेकाे जनाएकाे छ । २०८२ साल भदौ २४ गते अर्थमन्त्री पौडेललाई आक्रमण गरिएको भन्दै फैलाइएका भिडियो तथा हल्लाहरू भ्रामक भएकाे बताएकाे छ ।