एलआईसीले गत आवको नाफाबाट घोषणा गर्यो बम्पर लाभांश

May 29, 2019 Merolagani

लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपाल (LICN)ले गत आर्थिक वर्ष २०७४/७५ को मुनाफाबाट आफ्ना शेयरधनीलाई आकर्षक लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। कम्पनी सञ्चालक समितिको मंगलबार साँझ सम्पन्न ९९ औं बैठकले ७० प्रतिशत लाभांश बाँड्ने निर्णय गरेको हो।

इन्स्योरेन्सले आफ्ना शेयरधनीलाई ३४.४६२६ प्रतिशत बोनस शेयर र ३५.५३७३ प्रतिशत नगद लाभांस गरि कूल ७० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो। 

सञ्चालक समितिले प्रस्ताव गरेको इन्स्योरेन्सको उक्त लाभांश बीमा समितिको स्वीकृती पश्चात १७ औं वार्षिक साधारण सभाले अनुमोदन गरेपछि मात्र लगानीकर्ताले पाउनेछन् ।

हाल इन्स्योरेन्सको चुक्ता पूँजी १ अर्ब ४९ करोड ४८ लाख ३८ हजार ८०० रुपैयाँ छ । प्रस्तावित ३४.४६ प्रतिशत बोनस वितरण पश्चात एलआईसी नेपालको चुक्ता पूँजी बीमा समितिले तोकेभन्दा बढी २ अर्ब एक करोड नाघ्नेछ ।

comments powered by Disqus

भोलि सार्वजनिक बिदा, शेयर बजार बन्द हुने

Apr 22, 2024 12:59 PM

सरकारले भोलि सार्वजनिक बिदा दिने निर्णय गरेकाे छ । कतारका राजा शेख तमिम बिन हमाद अल थानी मंगलबार अथवा भाेलि नै नेपाल आउने भएकाले सरकारले विदा दिन लागेकाे हाे ।