मल्टिपर्पस फाइनान्सको हकप्रद बिक्री खुल्यो, ४० करोड चुक्ता पूँजी पुग्ने

Jul 08, 2019 11:21 AM Merolagani



मल्टिपर्पस फाइनान्सले असार २३ गते सोमबारदेखि ८६५ प्रतिशत हकप्रद शेयर बिक्री खुल्ला गरेको छ। फाइनान्सले १ बराबर ८६५ शेयरको अनुपातमा एक सय रुपैयाँ अंकित दरमा ३५ करोड ८५ लाख २६ हजार ४०० रुपैयाँ बराबरको हकप्रद निष्काशन गरेको हो।

हकप्रद निष्काशनका लागि कम्पनीले असार ११ गते शेयरधनीदर्ता किताब बन्द गरेकाले असार १० गते मंगलबारसम्म नेप्सेमा कायम कारोबार भई फाइनान्सको शेयरधनी दर्ता किताबमा कायम रहेका शेयरधनीले मात्र हकप्रदमा आवेदन गर्न सक्नेछन्।

बिक्री प्रबन्धक सिभिल क्यापिटल रहेको कम्पनीको हकप्रदमा साउन २६ गतेसम्म आवेदन दिन सकिनेछ। हकप्रदमा बिक्री प्रबन्धकको कार्यालय सुन्धारा, मल्टिपर्पस फाइनान्सका शाखा कार्यालयहरु तथा धितोपत्र बोर्डबाट सि आश्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरु मार्फत आवेदन दिन पाइने ब्यवस्था छ । मेरो शेयर प्रयोगकर्ताले भने अनलाई मार्फत नै हकप्रद भर्न सक्नेछन्।

राष्ट्र बैंकले जिल्लास्तरको फाइनान्स कम्पनीहरुलाई न्यूनतम ४० करोड चुक्ता पूँजी कायम गर्न निर्देशन दिएको थियो। सोही लक्ष्य भेटाउनका लागि कम्पनीले शेयरधनीलाई भारी मात्रामा हकप्रद बिक्री गरेर चुक्ता पूँजी कायम गर्ने बाटो अंगालेको हो।

हाल ४ करोड १४ लाख ७३ हजार ६०० रुपैयाँ चुक्ता पूँजी रहेको मल्टिपर्पस फाइनान्सको हकप्रद बिक्री पश्चात ४० करोड २ लाख रुपैयाँ पूँजी कायम हुनेछ।

नेपाल राष्ट्र बैंकले राष्ट्रिय स्तरको कार्यक्षेत्रमा रहि सञ्चालनमा रहने फाइनान्स कम्पनीले न्यूनतम चुक्ता पूँजी ८० करोड र प्रदेशस्तरमा सञ्चालन हुनेले ५० करोड कायम गर्नुपर्ने व्यवस्था गरेको छ। यसअघिको जिल्ला स्तरीय ४० करोड पूँजीको व्यवस्था खारेज गरिएको थियो। यससँगै नयाँ व्यवस्था अनुरुपको पूँजी कायम गर्न फाइनान्सलाई हकप्रद पश्चात थप १० करोड पूँजी आवश्यक पर्ने देखिन्छ।




शेयर बजार सुधारका लागि अर्थमन्त्री वाग्लेले 'ब्रेक थ्रु' गर्दै: शेयर बजारमा तत्काल के के हुँदै छ ?

Apr 01, 2026 05:58 AM

शेयर बजार (नेप्से) परिसूचक दुई दिनमा नै एक सय १८ अंक भन्दा बढीले घटेपछि दबाबमा रहेका अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले पूँजीबजार सुधारका लागि विशेष कार्य योजना ल्याउने तयारी गरेका छन्।