हिमाल दोलखा हाइड्रोको आईपीओ भर्ने शुक्रबार अन्तिम दिन

Aug 09, 2019 09:18 AM Merolagani



हिमाल दोलखा हाइड्रो पावर (HIMAL) ले निष्काशन गरेको प्राथमिक शेयर (आईपीओ) मा आवेदन गर्ने शुक्रबार अन्तिम दिन हो। हाइड्रोपावरले सर्वसाधारणको लागि असार २५ गतेदेखि ७६ करोड ७२ लाख रुपैयाँ बराबरको आईपीओ बिक्रीमा ल्याएको थियो।

कम्पनीको आईपीओमा लगानीकर्ताले धितोपत्र बोर्डबाट आस्वा सदस्यता लिएका बैंक तथा वित्तिय संस्था र तिनका शाखा कार्यालयहरुबाट सि आश्वा प्रणाली तथा मेरो शेयर मार्फत समेत दरखास्त दिन सक्नेछन्।

आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्तासम्म शेयर खरिदको लागि आवेदन दिन पाउने ब्यवस्था रहेको छ।

बिक्री प्रबन्धकका ग्लोबल आइएमइ क्यापिटल अनुसार कम्पनीको आईपीओमा साउन २३ गतेसम्ममा ७२ हजार आवेदनबाट करिब ३२ लाख कित्ता शेयर खरीदको लागि माग परेको छ । कम्पनीको अझै ४४ लाख कित्ता बढी शेयर बिक्री हुन बाँकी रहेको छ ।

कम्पनीले आयोजना प्रभावितलाई बिक्री गर्न खोज्दा बिक्री नभएको १४ लाख ७२ हजार कित्ता शेयर समेत थप गरी ७६ लाख ७२ हजार कित्ता शेयर सर्वसाधारणमा प्रतिकित्ता एक सय रूपैया अंकित दरमा बिक्री खुल्ला गरेको हो । कूल निष्काशन मध्ये १ लाख ५३ हजार कित्ता कर्मचारीहरूलाई र २५ हजार कित्ता शेयर सामूहिक लगानी कोषहरूको लागि सुरक्षित गरिएको छ भने बाँकीे ७४ लाख ९३ हजार कित्ता शेयरमा सर्वसाधारणले आवेदनगर्न पाउने छन् ।

कम्पनीको आईपीओलाई केयर नेपालले औसत भन्दा तल आधार जनाउने ’केयर एनपि आईपिओ ग्रेड ४’ रेटिङ्ग प्रदान गरेको छ । जसले कम्पनीको वित्तीय अवस्था औसत भन्दा कमजोर रहेको भन्ने बुझाउँछ ।

  • आगामी आर्थिक वर्ष देखि लाभांश बाँड्ने कम्पनीको दाबी

हाईड्रोपावर कम्पनीले यसअघि पत्रकार सम्मेलन गरि आफ्ना दुबै आयोजनाहरुले ब्यापारिक उत्पादन शुरु गरिसकेकोले आगामी आर्थिक वर्ष देखि नै कम्पनी नाफामा जाने र शेयरधनीहरुलाई लाभांश वितरण गर्ने दाबी गरेको छ।

यस्तै हालको आईपीओ बिक्रीबाट प्राप्त हुने रकम आयोजना निमार्णका लागि वाणिज्य बैंकहरुसँग लिइएको कर्जा चुक्ता गर्न उपयोग गरिने जनाएको छ।

हिमाल दोलखा हाइड्रोपावरले इलाममामाई खोला स्मल हाइड्रोपावर र माई खोला स्मल क्यास्केड गरि दुई वटा आयोजना सञ्चालन गरिरहेको छ । माई खोला स्मल हाइड्रोपावरको क्षमता ४.५५ मेगावाट र माई खोला स्मल क्यास्केड हाइड्रोपावर ८ मेगावाट रहेको छ ।

यस्तै कम्पनीले केबीएनआर इशुवा पावर लिमिटेड (९७.२ मेगावाट) मा १९ प्रतिशत शेयर लगानी गरेको छ । त्यस आयोजनाको प्रति मेगावाट लागत १० करोड रहेको र सोबाट प्रति मेगावाट ४.३५ करोड आम्दानी हुने कम्पनीले जनाएको छ।

हाल कम्पनीको चूक्ता पूँजी १ अर्ब ६९ करोड रूपैयाँ छ। आईपीओपछि कम्पनीको चुक्ता पूँजी दुई अर्ब ४७ करोड पुग्नेछ ।

हिमाल दोलखा हाईड्रोपावरले इलामको इलाम नगरपालिका वडा नं. ९, १० र माई नगरपालिका वडा नं. ९ मा रहेको छ। कम्पनीसँग ४.५ मेगावाट माई खोला साना जलविद्युत आयोजना र ८ मेगावाट माई खोला साना क्यासकेड जलविद्युत आयोजना सञ्चालनमा छन्।




असाध्यै चुनौतीपूर्ण चरण अब आउँदैछः अर्थमन्त्री डा. वाग्ले

Aug 20, 2026 02:28 PM

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपालमा वैदेशिक सहायता पछिल्लो समय घट्दै गएको बताएका छन् । सार्वजानिक लेखा समितिको बिहीवार बसेको बैठकमा उनले पछिल्लो समय अनुदान तथा सहुलियतपूर्ण ऋणको स्रोत साँघुरिँदै गएको बताएका हुन् ।