गणपति माइक्रोफाइनान्सले प्रस्ताव गर्यो लाभांश, बोनस कति ?

Aug 21, 2019 10:40 AM Merolagani



गणपति माइक्रोफाइनान्स (GMFBS) ले गत आर्थिक वर्ष २०७५/०७६ को कमाईबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश प्रस्ताव गरेको छ ।

माइक्रोफाइनान्सको भदौ ३ गते बसेको सञ्चालक समितिको ५६ औं बैठकले आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई चुक्ता पूँजीको ७ प्रतिशतले हुन आउने ७२ लाख ४५ हजार रुपैयाँ बराबरको बोनस शेयर र कर प्रयोजनको लागि ०.३६८४ प्रतिशतले हुन आउने ३ लाख ८१ ह्जार रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

प्रस्तावित लाभांश  नेपाल राष्ट्र बैंकवाट स्वीकृत भएर लघुवित्तको आगामी साधारण सभाबाट पारित भएपछि मात्र शेयरधनीले पाउनेछन्।

 

हाल १० करोड ३५ लाख रुपैयाँ चुक्ता पुँजी रहेको माइक्रोफाइनान्सको वोनस वितरणपछि चुक्ता पूँजी ११ करोड ७ लाख रुपैयाँ पुग्नेछ ।

गत वर्षको चौथो त्रैमासमा माइक्रोफाइनान्सले ३ करोड ४ लाख रुपैयाँ खुद नाफा कमाएर प्रतिशेयर आम्दानी  २९ रुपैयाँ ४५ पैसा कायम गरेको छ । 




दुई कम्पनीको शेयरमूल्य समायोजन

Sep 24, 2026 06:41 AM

असोज ८ गते, बिहीबार, नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा दुई कम्पनीको शेयरमूल्य समायोजन भएको छ। यस दिन सांग्रिला डेभलपमेन्ट बैंक र स्नो रिभर्सको शेयरमूल्य समायोजन भएको हो।