सुर्योदय लघुवित्तको आकर्षक लाभांश प्रस्ताव

Aug 25, 2019 04:50 PM Merolagani



सुर्योदय लघुवित्त वित्तीय संस्था (SLBS) ले गत आर्थिक वर्ष २०७५/०७६ को कमाईबाट शेयरधनीहरुलाई आकर्षक लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ।

लघुवित्तको भदौ ७ गते शनिबार बसेको सञ्चालक समितिको १३१ औं बैठकले शेयरधनीहरुलाई चुक्ता पूँजीको ४४.४७७८ प्रतिशतले हुन आउने ४ करोड ८० लाख रुपैयाँ बराबरको बोनस शेयर र कर प्रयोजनको लागि २.३४०९ प्रतिशतले हुन आउने २५ लाख २६ हजार ३१५ रुपैयाँ नगद लाभांश गरि कूल ५ करोड ५ लाख २६ हजार ३१५ रुपैयाँ बराबरको ४६.८१८७४ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो।

 

अघिल्लो आर्थिक वर्षको मुनाफाबाट लघुवित्तले ४२.७५ प्रतिशत बोनस शेयर र २.२५ प्रतिशत नगद गरि कूल ४५ प्रतिशत लाभांश वितरण गरेको थियो।

लघुवित्तले गत आर्थिक वर्षको चौंथो त्रैमासमा लघुवित्तले तीन करोड ६१ लाख रुपैयाँ खुद नाफा कमाएर प्रतिशेयर आम्दानी ३३ रुपैयाँ ५१ पैसा कायम गरेको छ ।

हाल १० करोड ७९ लाख रुपैयाँ चुक्ता पूँजी रहेको लघुवित्तको लाभांश वितरण पश्चात चुक्ता पूँजी १५ करोड ५९ लाख १९ हजार रुपैयाँ पुग्नेछ।




सपथ नलिदै ‘बालेन सरकार’ विरुद्ध सरकारी हाकिमहरु सडकमा

Mar 26, 2026 01:51 PM

फागुन २१ को निर्वाचनमा प्रचण्ड बहुमत जितेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) नेतृत्वमा सुक्रबार नयाँ सरकार गठन हुने तयारी भइरहेको छ ।