स्पर्स लघुवित्तको लाभांश घोषणा

Sep 03, 2019 10:39 AM Merolagani



स्पर्स लघुवित्त वित्तीय संस्था (SPARS) ले गत आर्थिक वर्ष २०७५/०७६ को मुनाफाबाट शेयरधनीलाई १३ प्रतिशत बोनस र बोनसमा लाग्ने कर प्रयोजनका लागि नगद लाभांश समेत घोषणा गरेको छ।

सञ्चालक समितिको भदौ १६ गते ४ बजे सम्पन्न ५० औं बैठकले चुक्ता पूँजी ८ करोड २९ लाख ६३ हजार रुपैयाँको १३ प्रतिशत अर्थात एक करोड ७ लाख ८५ हजार १९० रुपैयाँ बराबरको बोनस शेयर र बोनसमा लाग्ने करका लागि ०.६८ प्रतिशत अर्थात ५ लाख ६७ हजार ६४२ रुपैयाँ नगद लाभांश घोषणा गरेको हो।

लघुवित्त सञ्चालक समितिको बैठकले प्रस्ताव गरेको उक्त लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति तथा कम्पनीको आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपश्चात मात्र शेयरधनीले पाउनेछन्।




सपथ नलिदै ‘बालेन सरकार’ विरुद्ध सरकारी हाकिमहरु सडकमा

Mar 26, 2026 01:51 PM

फागुन २१ को निर्वाचनमा प्रचण्ड बहुमत जितेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) नेतृत्वमा सुक्रबार नयाँ सरकार गठन हुने तयारी भइरहेको छ ।