स्पर्स लघुवित्तको लाभांश घोषणा

Sep 03, 2019 10:39 AM Merolagani



स्पर्स लघुवित्त वित्तीय संस्था (SPARS) ले गत आर्थिक वर्ष २०७५/०७६ को मुनाफाबाट शेयरधनीलाई १३ प्रतिशत बोनस र बोनसमा लाग्ने कर प्रयोजनका लागि नगद लाभांश समेत घोषणा गरेको छ।

सञ्चालक समितिको भदौ १६ गते ४ बजे सम्पन्न ५० औं बैठकले चुक्ता पूँजी ८ करोड २९ लाख ६३ हजार रुपैयाँको १३ प्रतिशत अर्थात एक करोड ७ लाख ८५ हजार १९० रुपैयाँ बराबरको बोनस शेयर र बोनसमा लाग्ने करका लागि ०.६८ प्रतिशत अर्थात ५ लाख ६७ हजार ६४२ रुपैयाँ नगद लाभांश घोषणा गरेको हो।

लघुवित्त सञ्चालक समितिको बैठकले प्रस्ताव गरेको उक्त लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति तथा कम्पनीको आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपश्चात मात्र शेयरधनीले पाउनेछन्।