सानिमा बैंकको २१.०५ प्रतिशत लाभांश घोषणा

Sep 03, 2019 10:53 AM Merolagani



सानिमा बैंक (SANIMA) ले गत आर्थिक वर्ष २०७५/०७६ को मुनाफाबाट शेयरधनीलाई प्रतिशत २१.०५२६ प्रतिशत लाभांश घोषणा गरेको छ। सञ्चालक समितिको भदौ १६ गते सम्पन्न बैठकले १० प्रतिशत बोनस र बोनसमा लाग्ने कर सहित ११.०५२६ प्रतिशत नगद लाभांश घोषणा गरेको हो।

बैंक सञ्चालक समितिको बैठकले प्रस्ताव गरेको उक्त लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति तथा बैंकको आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपश्चात मात्र शेयरधनीले पाउनेछन्।

 

 

अघिल्लो आर्थिक वर्ष २०७४/०७५ मा बैंकले १४ प्रतिशत नगद प्रतिशत लाभांश वितरण गरेको थियो।

बैंक सञ्चालक समिति बैठकले बैंकको चुक्ता पूँजी ८ अर्ब १२ लाख ५५ हजार ४४० रुपैयाँबाट ८० करोड १ लाख २५ हजार ५४४ रुपैयाँको बोनस र ८८ करोड ४३ लाख ४६ हजार ७५९ रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।

गत आवमा बैंकको शेयरधनीकोषमा (बाँड्न मिल्ने रकम) एक अर्ब ६४ करोड २१ लाख र २ अर्ब २५ करोड ६९ लाख रुपैयाँ बराबरको जगेडा कोष रहेको थियो। बैंकले गत आवको मुनाफा तथा सञ्चित जगेडा कोषबाट शेयरधनीलाई गरि कूल एक अर्ब ६८ करोड ४४ लाख ७२ हजार ३०३ रुपैयाँ बराबरको लाभांश वितरण गर्न प्रस्ताव गरेको हो।

बैंकले गत आर्थिक वर्षको चौथो त्रैमासम्मामा दुई अर्ब २४ करोड १५ लाख रुपैयाँ वितरणयोग्य मुनाफा आर्जन गरेको थियो। यस अवधिमा बैंकको प्रतिशेयर आम्दानी २८ रुपैयाँ ४ पैसा रहेको छ।




असाध्यै चुनौतीपूर्ण चरण अब आउँदैछः अर्थमन्त्री डा. वाग्ले

Aug 20, 2026 02:28 PM

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपालमा वैदेशिक सहायता पछिल्लो समय घट्दै गएको बताएका छन् । सार्वजानिक लेखा समितिको बिहीवार बसेको बैठकमा उनले पछिल्लो समय अनुदान तथा सहुलियतपूर्ण ऋणको स्रोत साँघुरिँदै गएको बताएका हुन् ।