प्राइम लाईफ पनि घोषणा गर्यो लाभांश, असोज ७ गतेको विशेष साधारण सभाले पारित गर्ने

Sep 05, 2019 06:19 PM Merolagani



प्राइम लाईफ इन्स्योरेन्स कम्पनी (PLIC) ले अघिल्लो आर्थिक वर्ष २०७४/०७५ को मुनाफाबाट शेयरधनीलाई १२.५० प्रतिशत बोनस र कर प्रयोजनका लागि ०.६५८ प्रतिशत नगद लाभांश घोषणा गर्दै उक्त लाभांश पारित गर्न असोज ७ गते विशेष साधारण सभा आह्वान गरेको छ।

भदौ १९ गते सम्पन्न सञ्चालक समितिको १२५ औं बैठकले चुक्ता पूँजी एक अर्ब ७८ करोड ४८ लाख ३५ हजार रुपैयाँको १२.५० प्रतिशतले हुन आउने २२ करोड ३१ लाख ४ हजार ४०० रुपैयाँ बराबरको २२ लाख ३१ हजार ४४ कित्ता बोनर र बोनस शेयरको कर प्रयोजनार्थ ०.६५८ प्रतिशत बराबरको एक करोड १७ लाख ४२ हजार ३३६ रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।

सञ्चालक समितिको बैठकले प्रस्ताव गरेको उक्त लाभांश कम्पनीको असोज ७ गते मंगलबार आह्वान गरेको विशेष साधारण सभाले अनुमोदन गरेपश्चात मात्र शेयरधनीले पाउनेछन्।

बीमा समितिले तोकेको चुक्ता पूँजी कायम गर्ने बाध्यतामा रहेको यस कम्पनीले साधारण सभाबाट लाभांश पारित गर्न धेरै समय लागने भएकाले विशेष साधारण सभाबाट उक्त लाभांश पारित गर्ने भएको छ। उक्त बोनस लाभांश पारित भएसँगै प्राइम लाईफको चुक्ता पूँजी बीमा समितिले तोकेको न्यूनतम दुई अर्ब कायम हुनेछ।

अघिल्लो आर्थिक वर्ष २०७३/०७४ मा कम्पनीले १२.५० प्रतिशत बोनस शेयर र ०.६६ प्रतिशत नगद गरि कूल १३.१६ प्रतिशत लाभांश वितरण गरेको थियो।

विशेष साधारण सभाका लागि कम्पनीले भदौ ३१ गते मंगलबार शेयर दाखिला खारेज गर्ने भएको छ। यसअनुसार भदौ ३० गते सोमबारसम्म नेप्सेमा कारोबार भई कम्पनीको शेयरधनी कायम रहने लगानीकर्ताले मात्र उक्त लाभांश प्राप्त गर्नुका सार्थ विशेष साधारण सभामा प्रतिनिधित्व जनाउन पाउनेछन्।




यस्ता छन् दशैंअघि नै लाभांश वितरण गर्ने तयारीमा रहेका कम्पनी? कसकाे कति?

Aug 25, 2026 05:47 PM

नेपाली पुँजी बजारमा सूचीकृत कम्पनीहरूले गत आर्थिक वर्षको कमाईबाट शेयरधनीहरूलाई प्रतिफल वितरण गर्न थालेका छन् । केही कम्पनीले लाभांश घाेषणा गरिसकेका छन् भने केहीले गर्ने तयारीमा छन् । लगानीकर्ताहरु पनि आफ्नो लगानी भएको कम्पनीको प्रतिफलको पखाईमा छन् ।