निर्धन उत्थान लघुवित्तको लाभांश प्रस्ताव

Sep 15, 2019 10:27 AM Merolagani



निर्धन उत्थान लघुवित्त (NUBL) ले गत आर्थिक वर्ष २०७५/०७६ को मुनाफाबाट शेयरधनीलाई ४०.५३ लाभांश प्रस्ताव गरेको छ। लघुवित्त सञ्चालक समितिको भदौ २६ गते बिहीबार सम्पन्न सञ्चालक समितिको २५३ औं बैठकले लाभांश घोषणा गरेको हो।

सञ्चालक समितिको बैठकले २५ प्रतिशत बराबरको ३० करोड रुपैयाँको बोनस र बोनसमा लाग्ने कर सहित १५.५३ प्रतिशत बराबरको १८ करोड ६३ लाख १५ हजार ७८९ रुपैयाँको नगद लाभांश गरि कूल ४८ करोड ६३ लाख १५ हजार ७८९ रुपैयाँ  वितरण गर्ने घोषणा गरेको हो।

लघुवित्त सञ्चालक समितिको बैठकले प्रस्ताव गरेको उक्त लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति तथा कम्पनीको आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपश्चात मात्र शेयरधनीले पाउनेछन्।

 

हाल एक अर्ब २० करोड रुपैयाँ चुक्ता पूँजी रहेको यस लघुवित्तको प्रस्तावित ३० प्रतिशत बोनस वितरण पश्चत एक अर्ब ५० करोड रुपैयाँ चुक्ता पूँजी पुग्नेछ।

अघिल्लो आर्थिक वर्ष २०७४/०७५ मा कम्पनीले २० प्रतिशत बोनस शेयर र २२.११ प्रतिशत नगद गरि कूल ४२.११ प्रतिशत लाभांश वितरण गरेको थियो।

लघुवित्तले अघिल्लो आवको तुलनामा गत आव २०७५/०७६ मा खुद नाफा ३२.२४ प्रतिशत अर्थात १८ करोड वृद्धि गरि ७३ करोड ९५ लाख ९ हजार खुद नाफा आर्जन गरेर प्रतिशेयर आम्दानी ६१ रुपैयाँ ६३ पैसा कायम गरेको थियो। गत आवमा निष्कृय कर्जा अनुपात १.१७ प्रतिशत, प्रतिशेयर नेटवर्थ २३५ रुपैयाँ १७ पैसा, पूँजी कोष १२.२० प्रतिशत थियो।




असाध्यै चुनौतीपूर्ण चरण अब आउँदैछः अर्थमन्त्री डा. वाग्ले

Aug 20, 2026 02:28 PM

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपालमा वैदेशिक सहायता पछिल्लो समय घट्दै गएको बताएका छन् । सार्वजानिक लेखा समितिको बिहीवार बसेको बैठकमा उनले पछिल्लो समय अनुदान तथा सहुलियतपूर्ण ऋणको स्रोत साँघुरिँदै गएको बताएका हुन् ।