Tue, Sep 08, 2026
ग्लोबल आईएमई बैंक (GBIME) ले गत आर्थिक वर्ष २०७५/०७६ को मुनाफाबाट शेयरधनीलाई २५.५० प्रतिशत लाभांश घोषणा गरेको छ। बैंक सञ्चालक समितिको असोज १४ गते सम्पन्न बैठकले अघिल्लो आर्थिक वर्षको तुलनामा ९.५० प्रतिशत धेरै लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।
बैंक सञ्चालक समितिको असोज १४ गते सम्पन्न ३२९ औं बैठकले प्रतिशत १२.७५ बोनस र बोनसमा लाग्ने कर सहित १२.७५ प्रतिशत नै नगद लाभांश घोषणा गरेको छ । बैंक सञ्चालक समितिको बैठकले प्रस्ताव गरेको उक्त लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति तथा बैंकको आगामी १३ औं वार्षिक साधारण सभाले अनुमोदन गरेपश्चात मात्र शेयरधनीले पाउनेछन्। अघिल्लो आर्थिक वर्ष २०७४/०७५ मा बैंकल १६ प्रतिशत बोनस शेयर मात्र वितरण गरेको थियो। गत आर्थिक वर्षमा ग्लोबल आईएमई बैंकको शेयरधनी कोषमा २ अर्ब ८३ करोड ७६ लाख ९२ हजार रुपैयाँ लाभांश बाँड्नमिल्ने रकम रहेको थियो। गत आवमा दुई अर्ब ४२ करोड वितरणयोग्य मुनाफा आर्जन गरेर २३ प्रतिशत लाभांश क्षमता बनाएको यस बैंकले सञ्चित जगेडा कोषको रकम परिचालन गरेर थप साढे २ प्रतिशत लाभांश बाँड्ने प्रस्ताव गरेको हो । यस्तै बैैंकले अघिल्लो आवको तुलनामा ३३.०२ प्रतिशत वृद्धि गर्दैदुई अर्ब ७९ करोड ५२ लाख खुद नाफा आर्जन गरेर प्रतिशेयर आम्दानी २७ रुपैयाँ ११ पैसा कायम गरेको थियो। ग्लोबलले नेपाल राष्ट्र बैंकबाट जनता बैंकलाई प्राप्ती गर्ने सैद्धान्तिक स्वीकृति समेत पाइसकेको छ। राष्ट्र बैंक सञ्चालक समितिको असोज २ गतेको बैठकले ग्लोबल आइएमई र जनता बैंकबीच मर्जरको सम्झौतालाई सैद्दान्तिक स्वीकृति दिँदै तीन महिनाभित्र एकीकृत कारोबार सुरु गर्न निर्देशन दिएको हो। ग्लोबलले जनता बैंकलाई एक सय बराबर ८५ शेयर दिने सहमति प्रारम्भिक सहमति छ भने वास्तविक स्वाप रेसियो भने दुबै बैंकको सम्पति तथा दायित्व मूल्यांकन प्रतिवेदन पश्चात कायम हुने सहमति छ। ग्लोबल र जनता बैंकको मर्जरलाई राष्ट्र बैंकको सैद्धान्तिक स्वीकृति
बैंक सञ्चालक समितिको असोज १४ गते सम्पन्न ३२९ औं बैठकले प्रतिशत १२.७५ बोनस र बोनसमा लाग्ने कर सहित १२.७५ प्रतिशत नै नगद लाभांश घोषणा गरेको छ ।
बैंक सञ्चालक समितिको बैठकले प्रस्ताव गरेको उक्त लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति तथा बैंकको आगामी १३ औं वार्षिक साधारण सभाले अनुमोदन गरेपश्चात मात्र शेयरधनीले पाउनेछन्।
अघिल्लो आर्थिक वर्ष २०७४/०७५ मा बैंकल १६ प्रतिशत बोनस शेयर मात्र वितरण गरेको थियो।
गत आर्थिक वर्षमा ग्लोबल आईएमई बैंकको शेयरधनी कोषमा २ अर्ब ८३ करोड ७६ लाख ९२ हजार रुपैयाँ लाभांश बाँड्नमिल्ने रकम रहेको थियो। गत आवमा दुई अर्ब ४२ करोड वितरणयोग्य मुनाफा आर्जन गरेर २३ प्रतिशत लाभांश क्षमता बनाएको यस बैंकले सञ्चित जगेडा कोषको रकम परिचालन गरेर थप साढे २ प्रतिशत लाभांश बाँड्ने प्रस्ताव गरेको हो ।
यस्तै बैैंकले अघिल्लो आवको तुलनामा ३३.०२ प्रतिशत वृद्धि गर्दैदुई अर्ब ७९ करोड ५२ लाख खुद नाफा आर्जन गरेर प्रतिशेयर आम्दानी २७ रुपैयाँ ११ पैसा कायम गरेको थियो।
ग्लोबलले नेपाल राष्ट्र बैंकबाट जनता बैंकलाई प्राप्ती गर्ने सैद्धान्तिक स्वीकृति समेत पाइसकेको छ। राष्ट्र बैंक सञ्चालक समितिको असोज २ गतेको बैठकले ग्लोबल आइएमई र जनता बैंकबीच मर्जरको सम्झौतालाई सैद्दान्तिक स्वीकृति दिँदै तीन महिनाभित्र एकीकृत कारोबार सुरु गर्न निर्देशन दिएको हो।
ग्लोबलले जनता बैंकलाई एक सय बराबर ८५ शेयर दिने सहमति प्रारम्भिक सहमति छ भने वास्तविक स्वाप रेसियो भने दुबै बैंकको सम्पति तथा दायित्व मूल्यांकन प्रतिवेदन पश्चात कायम हुने सहमति छ।
बागमती प्रदेश सरकारले चेपाङ समुदायको प्रमुख पर्व न्वागी (छोनाम) को अवसरमा भदौ २२ गते सोमबार तीन जिल्लामा सार्वजनिक बिदा दिने निर्णय गरेको छ।