श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्सको लाभांश प्रस्ताव

Oct 04, 2019 12:35 PM Merolagani



श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स कम्पनी (SIFC) ले गत आर्थिक वर्ष २०७५/७६ को मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश प्रस्ताव गरेको छ ।

फाइनान्सको असोज १६ गते बिहीबार बसेको सञ्चालक समितिको बैठकले शेयरधनीहरुलाई चुक्ता पूँजीको १०.६५ प्रतिशत नगद लाभांश र २.३५ प्रतिशत बोनस शेयर गरी कूल १३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति र फाइनान्सको साधारण सभाबाट पारित भएपछि शेयरधनीहरुले पाउनेछन्।

 

 

अघिल्लो आर्थिक वर्ष २०७४/७५ मा १० प्रतिशत लाभांश वितरण गरेको फाइनान्सले यस वर्ष लभांश दर बढाएको हो ।

हाल ८१ करोड रुपैयाँ चुक्ता पूँजी रहेको फाइनान्सको बोनस पश्चात पूँजी ८२ करोड ९० लाख रुपैयाँ पुग्नेछ। 

फाइनान्सले गत आर्थिक वर्षको चौथो त्रैमासमा १३ करोड ३१ लाख रुपैयाँ खुद नाफा कमाएर प्रतिशेयर आम्दानी १६ रुपैयाँ ३४ पैसा कायम गरेको थियो