एनएमबि लघुवित्तको हकप्रद पाउन बुधबारसम्म शेयरधनी बन्नैपर्ने

Oct 23, 2019 10:16 AM Merolagani



एनएमबि लघुवित्त वित्तीय संस्था (NMB) ले कार्तिक २४ गते आइतबारदेखि जारी गर्न लागेको चुक्ता पूँजीको १५० प्रतिशत हकप्रद शेयर पाउन कार्तिक ६ गते बुधबारसम्म शेयरधनी कायम भैसकेको हुनपर्छ।

लघुवित्त सञ्चालक समितिको असोज २७ गते सम्पन्न सञ्चालक समितिको ९१ औं बैठकले हकप्रद निष्काशनका लागि कार्तिक ७ गते बुकक्लोज गर्ने निर्णय गरेको थियो। यसअनुसार एनएमबि लघुवित्तको १५० प्रतिशत हकप्रद सुरक्षित गर्ने आज (कात्तिक ६ गते बुधबार) अन्तिम दिन रहेको छ । 

एनएमबि लघुवित्तले नेपाल धितोपत्र बोर्डबाट चुक्ता पूँजीको १५० प्रतिशत अर्थात १ बराबर १ दशमलब ५ को अनुपातमा हकप्रद निष्काशन गर्न असोज १६ गते अनुमति पाएको थियो।

यसअनुसार कम्पनीले एक सय रुपैयाँ अंकित दरले २४ करोड ३० लाख ९ हजार ३७५ रुपैयाँ बराबरको २४ लाख ३० हजार ९३ दशमलव ७५ कित्ता हकप्रद जारी गर्नेछ।

लघुवित्तको हकप्रद शेयरको बिक्री प्रबन्धकमा सनराइज क्यापिटल रहेको छ। क्रेडिट रेटिङ एजेन्सी इक्रा नेपालले माइक्रोफाइनान्सको हकप्रद निष्काशनका लागि 'इक्रा एनपि आईपिओ ग्रेड ४' रेटिङ्ग प्रदान गरेको छ । ग्रेड ४ रेटिङ्गले लघुवित्तको वित्तीय आधारभुत अवस्था औसत भन्दा कमजोर छ भन्ने बुझाउँछ।

लघुवित्तको गत पुस २९ गते सम्पन्न साधारण सभासभाले चुक्ता पूँजीको १५० प्रतिशत हकप्रद शेयर बिक्री गर्ने निर्णय अनुमोदन गरेको थियो।

हाल १६ करोड २० लाख ६ हजार २५० रुपैयाँ चुक्ता पूँजी रहेको लघुवित्तको यस हकप्रद निष्काशनपछि ४० करोड ५० लाख १५ हजार ६२५ रुपैयाँ चुक्ता पूँजी पुग्नेछ। कार्तिक ५ गते मंगलबार धितोपत्रको दोस्रो बजारमा लघुवित्तको शेयर प्रतिकित्ता एक हजार ९० रुपैयाँमा अन्तिम पटक कारोबार भएको छ।

एनएमबि लघुवित्तले चालु आर्थिक वर्षको प्रथम त्रैमासमा एक करोड ५२ लाख ८६ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेर वार्षिक प्रतिशेयर आम्दानी ३७ रुपैयाँ ७४ पैसा कायम गरेको छ । 

 




अर्बपतिहरुको सम्पत्तिमा सुनामी, एकै झट्कामा अर्बौं डलर स्वाहा

Nov 02, 2025 01:43 PM

विश्व अर्थतन्त्र फेरि एकपटक प्रविधि बजारको अस्थिरताबाट हल्लिएको छ। पछिल्लो २४ घन्टामा विश्वका शीर्ष अर्बपतिहरुको सम्पत्तिमा सुनामी आएको छ। अमेरिकी शेयर बजारमा आएको तीव्र गिरावटसँगै एकै झट्कामा अर्बौं डलर स्वाहा भएको छ।