आरएसडिसी लघुवित्तको नाफा ७५% बढ्यो, जगेडा कोषमा भने संकुचन

Nov 13, 2019 12:00 PM Merolagani



थोक कर्जा प्रवाह गर्ने आरएसडिसी लघुवित्त (RSDC) ले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा खुद नाफा ७५.१४ प्रतिशतले बढाएको वित्तीय विवरण सार्वजानिक गरेको छ। ब्याज आम्दानी र सञ्चालन नाफा बढेपछि संस्थाको नाफा बढेको हो।

 

गत आर्थिक वर्षको पहिलो त्रैमासमा १ करोड ३० लाख रुपैयाँ खुद नाफा कमाएको लघुवित्तले चालु आर्थिक वर्षको सोहि अवधिमा २ करोड २८ लाख रुपैयाँ खुद नाफा कमाएको छ ।जुन गत आर्थिक वर्षको तुलनामा ९८ लाख २५ हजार रुपैयाँले धेरै हो।

नाफा बढाएपनि लघुवित्तको जगेडा कोषमा भने संकुचन देखिएको छ। गत आर्थिक वर्षको यसै अवधिको तुलनामा लघुवित्तको जगेडा कोष २३.४३ प्रतिशतले घटेर ९ करोड ५ लाख रुपैयाँमा झरेको छ। गत वर्षको पहिलो त्रैमाससम्ममा लघुवित्तको जगेडा कोषमा ११ करोड ८२ लाख रुपैयाँ सञ्चित थियो।

समीक्षा अवधिमा लघुवित्तले २ अर्ब ५४ करोड ९० लाख रुपैयाँ सापटी लिएर २ अर्ब ९६ करोड २८ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ। गत आर्थिक वर्षको यसै अवधिमा लघुवित्तले १ अर्ब २८ करोड १५ लाख रुपैयाँ सापटी लिएर १ अर्ब ७३ करोड ८२ लाख रुपैयाँ कर्जा प्रवाह गरेको थियो।

 लघुवित्तको खुद ब्याज आम्दानी र सञ्चालन नाफामा वृद्धि हुँदा उसको खुद नाफा बढेको हो।

लघुवित्तको खुद ब्याज आम्दानी ६ करोड ४ लाख रुपैयाँबाट बढेर ९ करोड ८६ लाख रुपैयाँ पुगेको छ भने सञ्चालन नाफा २ करोड २ लाख रुपैयाँबाट बढेर ३ करोड ५६ लाख रुपैयाँ पुगेको छ।

लघुवित्तले खराब कर्जामा पनि सुधार गर्दै लगेको छ। गत वर्षको पहिलो त्रैमासमा ०.४८ प्रतिशत रहेको खराब कर्जा घटाएर ०.१९ प्रतिशतमा झारेको छ।

गत आर्थिक वर्षको तुलनामा लघुवित्तको प्रतिशेयर आम्दानी बढेको छ। गत वर्षको पहिलो त्रैमासमा ८ रुपैयाँ २२ पैसा रहेको प्रतिशेयर आम्दानी बढेर १४ रुपैयाँ ४१ पैसा पुगेको हो।

चुक्ता पूँजी ६३ करोड ३५ लाख रुपैयाँ रहेको लघुवित्तको प्रतिशेयर नेटवर्थ ११४ रुपैयाँ २९ पैसा छ भने मूल्य आम्दानी अनुपात १६.७३ गुणा छ।




हाइड्रोपावर समूहबाट निस्कँदै लगानीकर्ता, कुन सेक्टरमा बढाउँदैछन् लगानी ? तथ्यांक यस्तो छ

Jul 05, 2025 05:39 PM

गत हप्ता नेप्से परिसूचकले सेन्चुरी मारेर २७ सय माथि टिक्न सफल भएको छ । नेप्सेले सेन्चुरी मार्दै गर्दा लगानीकर्ता भने हाइड्रोपावरबाट सिफ्ट भएर अन्य क्षेत्रतिर गएको देखिएको छ । हाइड्रोपावरबाट लगानीकर्ता विस्तारै विकास बैंक, फाइनान्स र इन्स्योरेन्स समूहमा सरेको तथ्यांकले देखाएको छ ।