हिमालयन बैंकको लाभांश बढ्यो

Nov 14, 2019 10:45 AM Merolagani



हिमालयन बैंक (HBL) ले गत आर्थिक वर्ष २०७५/०७६ को मुनाफाबाट शेयरधनीलाई अघिल्लो आर्थिक वर्षको तुलनामा ६ प्रतिशत धेरै लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। बैंकले २२ प्रतिशत लाभांश घोषणा गरेको छ।

बैंक सञ्चालक समितिको कार्तिक २८ गते सम्पन्न ३७७ औं बैठकले १० प्रतिशत बोनस र बोनसमा लाग्ने कर सहित १२ प्रतिशत नगद लाभांश घोषणा गरेको हो।

हिमालयन बैंकले गत आर्थिक वर्ष २०७५/०७६ मा २ अर्ब २ करोड २४ लाख रुपैयाँ बराबरको लाभांश क्षमता (२३ प्रतिशत) बनाएको थियो। यसअनुसार बैंकले लाभांश क्षमताको नजिक बिन्दुमा लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।

यसैगरि ८ अर्ब ५२ करोड रुपैयाँ चुक्ता पूँजी रहेको हिमालयन बैंकको खुद नाफा अघिल्लो आर्थिक वर्षको तुलनामा ५१ प्रतिशतले बढेर २ अर्ब ८४ करोड ७० लाख रुपैयाँ पुगेको थियो भने वार्षिक प्रतिशेयर आम्दानी ३३ रुपैयाँ ४१ पैसा कायम भएको थियो।

बैंक सञ्चालक समितिको बैठकले प्रस्ताव गरेको उक्त लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति तथा बैंकको आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपश्चात मात्र शेयरधनीले पाउनेछन्।

 

अघिल्लो आर्थिक वर्ष २०७४/०७५ मा बैंकले ५ प्रतिशत बोनस शेयर र १०.७८ प्रतिशत नगद गरि कूल १५.७८ प्रतिशत लाभांश वितरण गरेको थियो।




सुन र चाँदीको मूल्य घट्ने क्रम जारी

Oct 28, 2025 11:08 AM

कात्तिक ११ गते, मंगलबार नेपाली बजारमा सुन र चाँदीको मूल्यले घट्ने क्रमलाई निरन्तरता दिएको छ। यस दिन सुन प्रतितोला २ हजार ९०० रुपैयाँ घटेको छ भने चाँदी तोलामा ६० रुपैयाँ घटेको छ।