देवः विकास बैंकको नाफा १८ प्रतिशतले बढ्यो

Nov 15, 2019 11:55 AM Merolagani

देवः विकास बैंक (DBBL)ले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ५ करोड ९६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। गत वर्षको यसै अवधिको तुलनामा बैंकको खुद नाफा १८.५३ प्रतिशतले बढेको हो ।

गत वर्षको प्रथम त्रैमासमा बैंकले ५ करोड ३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो। बैंकको खुद ब्याज आम्दानी बढोत्तरी हुँदा नाफा वृद्धि भएको हो ।

अन्य विकास बैंक तथा वित्त कम्पनीहरुलाई आफूमा गाभेर पूँजी बलियो बनाएको बैंकको चुक्ता पूँजी तीन अर्ब १७ करोड ७१ लाख रुपैयाँ छ भने जगेडा कोषमा ३८ करोड ९ लाख , शेयरधनी कोषमा ४४ करोड ६० लाख रुपैयाँ सञ्चित छ।

समीक्षा अवधिमा २१ अर्ब ८६ करोड ९५लाख  रुपैयाँ निक्षेप संकलन गरेको बैंकले २० अर्ब ६३ करोड ९२ लाख रुपैयाँ कर्जा परिचालन गरेको देखिन्छ।

यस अवधिमा बैंकले २६ करोड ७१ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ। यो गत वर्षको यसै अवधिको तुलनामा ४७ प्रतिशतले बढोत्तरी भएको छ। गत वर्षको यसै अवधिमा बैंकले १८ करोड १९ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो।

बैंकमा निष्कृय कर्जा अनुपात ३.०३ प्रतिशत छ। अन्य साना संस्थाहरु प्राप्तीका कारण बैंकको निष्कृय कर्जा अनुपातमा वृद्धि भएको हो। यसलाई घटाउँदै जानुपर्ने चुनौति बैंक व्यवस्थापन सामु देखिन्छ।

बैंकको प्रतिशेयर आम्दानी ७ रुपैयाँ ५१ पैसा छ भने प्रतिशेयर नेटवर्थ १२६ रुपैयाँ ०३ पैसा रहेको छ। बैंकको मूल्य आम्दानी अनुपात १६.९१ गुणा छ।

comments powered by Disqus

आइएमई लाइफको लाभांश घोषणा, बोनस र नगद कति?

May 02, 2024 09:44 AM

आइएमई लाइफ इन्स्योरेन्स (ILI) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। इन्स्योरेन्सले हाल कायम चुक्ता पूँजीको ३४.५० प्रतिशतका दरले लाभांश वितरण गर्ने घोषणा गरेको हो।