कञ्चन डेभलपमेन्ट बैंकको लाभांश घोषणा

Dec 06, 2019 11:21 AM Merolagani



कञ्चन डेभलपमेन्ट बैंक (KADBL) ले गत आर्थिक वर्ष २०७५/०७६ को मुनाफाबाट शेयरधनीलाई १७ प्रतिशत लाभांश घोषणा गरेको छ।

बैंक सञ्चालक समितिको मंसिर १९ गते सम्पन्न १६९ औं बैठकले बैंकको चुक्ता पूँजीको १० प्रतिशत बराबरको ५ करोड ३१ लाख ३० हजार रुपैयाँ बोनस र बोनसमा लाग्ने कर सहित ७ प्रतिशत बराबरको ३ करोड ९१ लाख ७१ हजार रुपैयाँ नगद लाभांश घोषणा गरेको हो।

बैंक सञ्चालक समितिको बैठकले प्रस्ताव गरेको उक्त लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति तथा बैंकको आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपश्चात मात्र शेयरधनीले पाउनेछन्।

 

गत आर्थिक वर्षमा कञ्चन डेभलपमेन्ट बैंकले ९ करोड ६८ लाख १२ हजार खुद नाफा कमाएर वार्षिक १८ रुपैयाँ २२ पैसा प्रतिशेयर आम्दानी कायम गरेको थियो। यस अवधिसम्ममा बैंकमा ९ करोड ६० लाख रुपैयाँ वितरणयोग्य मुनाफा रहेको थियो। जसमध्ये बैंकले ९ करोड३ लाख २१ हजार रुपैयाँ लाभांश बाँड्ने प्रस्ताव गरेको हो।

हाल ५३ करोड १३ लाख रुपैयाँ चुक्ता पूँजी रहेको बैंकको प्रस्तावित १० प्रतिशत बोनस पश्चात ५८ करोड ४४ लाख ३० हजार रुपैयाँ चुक्ता पूँजी कायम हुनेछ।

अघिल्लो आर्थिक वर्ष २०७४/०७५ मा बैंकले ५ प्रतिशत बोनस शेयर र कर सहित ६.२९ प्रतिशत नगद गरि कूल ११.२९ प्रतिशत लाभांश वितरण गरेको थियो।




आज नेप्सेमा तीन बजे पछि आएका सूचना: के के छन् ?

Sep 29, 2026 04:28 PM

नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत जलविद्युत, वित्तीय तथा लगानी क्षेत्रका कम्पनीहरूले साधारण सभा, शेयर लक-इन अवधि, शेयर बिक्री मनसाय र आयोजना अवरुद्ध भएको सम्बन्धी महत्त्वपूर्ण सूचनाहरू प्रकाशित गरेका छन्।