बुटवल पावरको लाभांश घोषणा

Dec 09, 2019 11:04 AM Merolagani



बुटवल पावर कम्पनी (BPCL) ले गत आर्थिक वर्ष २०७५/०७६ को मुनाफाबाट शेयरधनीलाई २८ प्रतिशत लाभांश घोषणा गरेको छ।

कम्पनी सञ्चालक समितिको मंसिर २२ गते सम्पन्न बैठकले १० प्रतिशत बोनस र बोनसमा लाग्ने कर सहित १८ प्रतिशत नगद लाभांश घोषणा गरेको हो। यसअनुसार कम्पनीले २४ करोड ४० लाख ५५ हजार ५०० रुपैयाँ बोनस र ४३ करोड ९२ लाख ९९ हजार ९०० रुपैयाँ नगद गरि कूल ६८ करोड ३३ लाख ५५ हजार ४०० रुपैयाँ लाभांश वितरण गर्नेछ। 

 

बुटवल पावर कम्पनीले गत आर्थिक वर्ष २०७५/७६ मा ८० करोड ९४ लाख ३४ हजार खुद नाफा आर्जन गरेर वार्षिक प्रतिशेयर आम्दानी ३१ रुपैयाँ ८९ पैसा कायम गरेको थियो।

साथै सोही बैठकले पुस २४ गते कार्की ब्याङ्क्वेट बबरमहलमा बिहान ११ बजे कम्पनीको २७ औं वार्षिक साधारण सभा गर्ने र साधारण सभा र लाभांश प्रयोजनका लागि पुस ९ गते बुधबारदेखि साधारण सभाको दिनसम्म शेयरधनी दर्ता किताब बन्द (बुकक्लोज) गर्ने निर्णय गरेको छ। यसअनुसार पुस ८ गते मंगलबारसम्म नेप्सेमा कारोबार भई शेयरधनी कायम रहने लगानीकर्ताले प्रस्तावित लाभांश पाउनेछन्।

सञ्चालक समितिको बैठकले प्रस्ताव गरेको उक्त लाभांश कम्पनीको आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपश्चात मात्र शेयरधनीले पाउनेछन्।

 

हाल दुई अर्ब ४४ करोड ५ लाख ५५ हजार रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीको प्रस्तावित दश प्रतिशत (२४ करोड ४० लाख ५५ हजार ५०० रुपैयाँ) बोनस पश्चात २ अर्ब ६८ करोड ४६ लाख १० हजार ५०० रुपैयाँ कायम हुनेछ।

अघिल्लो आर्थिक वर्ष २०७४/०७५ मा पनि कम्पनीले १० प्रतिशत बोनस शेयर र १८ प्रतिशत नगद गरि कूल २८ प्रतिशत नै लाभांश वितरण गरेको थियो।




सुनको मूल्यमा भारि वृद्धि , सुन चाँदी दुवैले रेकर्ड ब्रेक गर्यो

Oct 05, 2025 12:10 PM

असोज १९ गते, आइतबार,  नेपाली बजारमा सुन र चाँदीको मूल्य भारि वृद्धि भएर ऐतिहासिक उचाईमा पुगेको छ । दशैपछि खुलेको बजारमा सुन एकैपटक प्रतितोला ७ हजार ४०० रुपैयाँ बढेको छ चाँदी तोलामा १२० रुपैयाँले बढेको हो ।