गण्डकी विकास बैंकले नगद लाभांश मात्र बाँड्ने

Dec 19, 2019 11:42 AM Merolagani



गण्डकी विकास बैंक (GDBL) ले गत आर्थिक वर्ष २०७५/०७६ को मुनाफाबाट शेयरधनीलाई १७.३२ प्रतिशत लाभांश घोषणा गरेको छ। गत आवबाट बैंकले प्रस्ताव गरेको लाभांश अघिल्लो आवको तुलनामा ३ प्रतिशत धेरै हो।

बैंक सञ्चालक समितिको पुस २ गते सम्पन्न २३० औं बैठकले बैंकको चुक्ता पूँजी २ अर्ब ७५ करोड रुपैयाँको १७.३२ प्रतिशतले हुन आउने ४७ करोड ६३ लाख रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।

गण्डकीले आर्थिक वर्ष २०७५/०७६ को चौंथो त्रैमाससम्ममा अघिल्लो आवको तुलनामा २४.८७ प्रतिशत धेरै ६० करोड ३७ लाख ७२ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको थियो। बैंकको वितरणयोग्य मुनाफा ४७ करोड ६३ लाख रुपैयाँ रहेको थियो। यसबाट बैंकले अधिकतम लाभांश वितरण गरेको हो।

बैंक सञ्चालक समितिको बैठकले प्रस्ताव गरेको उक्त लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति तथा बैंकको आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपश्चात मात्र शेयरधनीले पाउनेछन्।

 

 

अघिल्लो आर्थिक वर्ष २०७४/०७५ मा बैंकले १४.२० प्रतिशत नगद लाभांश वितरण गरेको थियो।

मेगा बैंकले असोज ८ गते बुधबार गण्डकी विकास बैंक प्राप्ती गर्ने सैद्धान्तिक सहमति पत्रमा हस्ताक्षर गरेकोले अहिले बैंक मेगासँग एक्वीजिशन प्रकृयामा रहेको छ। जसले हाल नेप्सेमा बैंकको शेयर कारोबार रोक्का रहेको छ। 

 




सुनको मूल्यमा भारि गिरावट, चाँदी कतिमा हुँदैछ काराेबार?

Apr 28, 2026 10:43 AM

बैशाख १५ गते मंगलबार, नेपाली बजारमा सुन र चाँदी दुवैको मूल्य घटेको छ । यस दिन सुन प्रतितोला तीन हजार रुपैयाँ र चाँदी तोलामा एक सय रुपैयाँ घटेको हो।