सिर्जना फाइनान्सको लाभांश प्रस्ताव,लाभांश घट्यो

Dec 23, 2019 12:15 PM Merolagani



सिर्जना फाइनान्स (SFFIL) ले गत आर्थिक वर्ष २०७५/७६ को मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश प्रस्ताव गरेको छ ।

पुस ६ गते बसेको फाइनान्सको संचालक समितिको बैठकले लगानीकर्तालाई १५ प्रतिशत बोनसका साथै बोनसमा लाग्ने कर प्रयोजनको लागि नगद वितरण गर्ने प्रस्ताव गरेको हो ।

यसअनुसार बैंकले ११ करोड ५ लाख ८७ हजार ६ सय ८० रुपैयाँ बराबरको बोनस शेयर र कर प्रयोजनको लागि ५८ लाख २० हजार ४ सय ४ रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्नेछ।

प्रस्तावित लाभांश राष्ट्र बैंकको स्वीकृति र फाइनान्सको आगामी साधारण सभाले पारित गरेपछि शेयरधनीहरुले प्राप्त गर्नेछन्।

फाइनान्सले यसअघि बिक्री गरेको ६० प्रतिशत हकप्रद शेयरले समेत पाउनेगरी उक्त बोनस प्रस्ताव गरेको हो।

हकप्रद बिक्रीपछि फाइनान्सको चुक्ता पूँजी ७३ करोड ७२ लाख ५१ हजार रुपैयाँ रहेको छ। बोनस वितरणपश्चात भने ८४ करोड ७७ लाख पुग्नेछ ।

अघिल्लो आर्थिक वर्षको कमाईबाट १५ प्रतिशत बोनस र साढे ९ प्रतिशत नगद लाभांश वितरण गरेको फाइनान्सले गत आवको कमाईबाट भने लाभांश दर घटाएको छ।




दुई कुराबाट टाढा रहने ऊर्जामन्त्री घिसिङको घोषणा

Sep 15, 2025 03:43 PM

नवनियुक्त ऊर्जामन्त्री कुलमान घिसिङले पदभार ग्रहण गरेसँगै एक सशक्त सन्देश दिएका छन्। उनले मन्त्रीको हैसियतमा कुनै तलब, भत्ता, सुरक्षालगायत सेवा-सुविधा नलिने घोषणा गरेका हुन्।