आईपीओ निष्काशन गर्न लागेको अजोड इन्स्योरेन्सको नाफा एक करोडले बढ्यो

Jan 29, 2020 01:36 PM Merolagani



सर्वसाधारणलाई प्रथामिक शेयर (आईपीओ) निष्काशनको तयारीमा रहेको अजोड इन्स्योरेन्स (AJOD) ले चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा २ करोड ३१ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो गत आर्थिक वर्षको पहिलो त्रैमासको तुलनामा एक करोड ८ लाख रुपैयाँले बढी हो ।

गत वर्षको यही अवधिमा कम्पनीले १ करोड २३ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

पुस मसान्त सम्ममा इन्स्योरेन्सले १६ करोड ७७ लाख रुपैयाँ खुद बीमा शुल्क संकलन गरेको छ । यस्तै ५ करोड ७८ लाख रुपैयाँ पुर्नबीमा कमिशन र १ करोड २३ लाख रुपैयाँ लगानी कर्जा तथा अन्य आयबाट आम्दानी गरेको छ ।

७० करोड रुपैयाँ चुक्ता पूँजी रहेको इन्स्योरेन्सले ३० करोड रुपैयाँ बराबरको आईपीओ निष्काशन गर्ने तयारीमा छ । हाल कायम चुक्ता पूँजीको ३० प्रतिशत बराबरको आईपीओ निष्काशन पछि इन्स्योरेन्सको चुक्ता पूँजी एक अर्ब रुपैयाँ पुग्नेछ ।

चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा इन्स्योरेन्सको जगेडा कोषमा २ करोड ७९ लाख, बीमा कोषमा ४ करोड २१ लाख र महाविपत्ती कोषमा ५१ लाख रुपैयाँ संचित छ ।

यस अवधिमा इन्स्योरेन्सले ५२ लाख ९५४ बीमालेख जारी गरी ४० करोड ६५ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ ।

इन्स्योरेन्सले कुल ९६६ दाबी वापत ११ करोड ३ लाख रुपैयाँ भुक्तानी गरेकोे छ भने १३८ दाबी वापत ३ करोड ५७ लाख रुपैयाँ भुक्तानी गर्न बाँकी छ ।

कम्पनीको प्रतिशेयर आम्दानी ३ रुपैयाँ ३१ पैसा, प्रतिशेयर नेटवर्थ ११० रुपैयाँ ७६ पैसा रहेको छ ।




भविष्यको प्रेडिक्सनमा रमाउने शेयर बजार वर्तमानसँग आत्तियो, बुँदा नम्बर ४५ मा केछ?

Mar 29, 2026 05:49 PM

नेपालको राजनीति र शेयर बजार सधैँ एउटै सिक्काका दुई वटा पाटा जस्तै रहेका छन्। राजनीतिमा सानो हलचल हुँदा पनि त्यसको प्रत्यक्ष प्रभाव शेयर बजारको ग्राफमा देखिने गर्दछ।