धितोपत्र बोर्डको नयाँ नियमले लगानीकर्ताको मनोबल बढ्यो, नेप्से सूचकसँगै काराेबार रकममा वृद्धि

Feb 11, 2020 03:22 PM Merolagani



नेपाल धितोपत्र बोडको नयाँ नियमले लगानीकर्ताको मनोबल केहि मजबुत भएको देखिएको छ। बोर्डले सोमबार बैंकलाई ब्रोकर लाइसेन्स दिने लगायतका ४ वटा नियमावली संशोधन गरेको थियो जसले बजारप्रति लगानीकर्ताको आकर्षण बढाएको हो।

गत केहि दिनदेखि लगातार घट्दै गएको कारोबार रकममा मंगलबार फेरी वृद्धि भएको छ भने नेप्से सूचकमा पनि आकर्षक वृद्धि देखिएको छ।

मंगलबार नेप्से सूचक १७.११ अंक बढेर १३४१.३८ विन्दुमा पुगेको छ भने १७५ वटा कम्पनीको ३९ लाख ९६ हजार ८७७ कित्ता शेयर १ अर्ब ५३ करोड रुपैयाँमा खरिदबिक्री भएको छ। अघिल्लाे दिन साेमबार १ अर्ब रूपैयाँभन्दा थाेरैकाे शेयर काराेबार भएकाे थियाे। 

यस दिन कारोबारमा आएका १२ उपसमूहमध्ये एक उपसमूहको सूचक नकारात्मक देखिएपनि ११ वटा उपसमूहका सूचक सकारात्मक देखिएका छन्।

यस दिन शिवम सिमेन्ट्सको सबैभन्दा धेरै शेयर कारोबार भएको छ। अघिल्लो दिन सोमबार समेत उच्च कारोबार भएको शिवमको मंगलबार पनि १५ करोड रुपैयाँ बराबरको कारोबार भएको छ।

त्यस्तै एनआइसी एशिया बैंकको ११ करोड २३ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ भने सिभिल बैंकको ८ करोड ३४ लाख, छिमेक लघुवित्तको ५ करोड ३३ लाख रुपैयाँ र नागरीक लगानी कोषको ५ करोड २२ लाख रुपैयाँको शेयर कारोबार भएको छ।

यस दिन कालिका पावरको शेयरमूल्य सबैभन्दा धेरै १० प्रतिशतले बढेको छ भने नेपाल सेवा लघुवित्तको ९.८३ प्रतिशत, नेपाल हाइड्रो डेभलपर्सको ७.५० प्रतिशत, लक्ष्मी लघुवित्तको ६.३४ प्रतिशत र स्वरोजगार लघुवित्तको ६.१८ प्रतिशतले बढेको छ।

यता युनियन हाइड्रोको शेयरमूल्य सबैभन्दा धेरै ५.०८ प्रतिशतले घटेको छ भने सेन्ट्रल फाइनान्सको ४.०८ प्रतिशत, रिलायन्स फाइनान्सको ३.३५ प्रतिशत, साल्ट ट्रेडिङको २.०५ प्रतिशतले घटेको छ।

यस दिन कारोबारमा आएका कम्पनीहरुमध्ये १२५ वटा कम्पनीको शेयरमूल्य बढेको छ भने १७ वटा कम्पनीको शेयरमूल्य घटेको छ। 




९ बैंकको नाफा बढ्याे, जेठसम्म वाणिज्य बैंकको खुद नाफा झन्डै ५४ अर्ब

Jul 13, 2025 05:52 PM

चालु आवको जेठ मसान्तसम्ममा वाणिज्य बैंकको खुद मुनाफा ५ प्रतिशतले घटेको छ । २० वटा वाणिज्य बैंकहरुले जेठ मसान्तसम्म ५३ अर्ब ९७ करोड ३५ लाख रुपैयाँ मात्रै खुद मुनाफा गरेका छन् जबकि गत वर्षको जेठ मसान्तसम्म बैंकहरुले ५६ अर्ब ७९ करोड ४३ लाख रुपैयाँ खुद मुनाफा गरेका थिए ।