गत साता बिक्रीकर्ता सक्रिय रहेको बजारमा यस साता के होला?

Mar 07, 2021 08:29 AM Merolagani



गत साता नेपाली धितोपत्रको दोस्रो बजारमा बिक्रीकर्ता सक्रिय देखिएका थिए। फलस्वरुप, समग्रमा सो साता बजारमा ४७.४५ अंकको करेक्सन देखिएको थियो।

अघिल्लो साता २५५४.१३ विन्दुमा बन्द भएको नेप्से, गत साता २५०६.६८ विन्दुमा बन्द भएको थियो। यस अनुसार यस साता नेप्से ओरालो लागेमा २४४० विन्दुमा टेवा पाउने देखिन्छ। त्यसैगरी, बजार उकालो लागेमा २६८० विन्दुमा प्रतिरोधको सामना गर्ने देखिन्छ।

गत साता नेप्सेले बुलिश पिन बार मैनबत्ती बनाएको छ। साताको अन्तिम कारोबार दिन भने नेप्समा बुलिश मारुबोजु मैनबत्ती बनेको थियो। त्यसले सो दिन बजारमा खरिदकर्ताहरुको बलियो उपस्थिति रहेको संकेत गर्दछ।

गत साता नेप्सेको ५ दिने इएमए र २० दिने इएमएले डेड क्रसओभर बनाएको थियो। ५ दिने इएमए २० दिने इएमएभन्दा तल रहेकोले बजारमा बिक्रीकर्ता हाबी रहेको संकेत गर्दछ। यद्यपि, साताको अन्तिम कारोबार दिन ५ दिने इएमए माथितिर फर्किएको छ। यस साता सो इएमएले २० दिने इएमएलाई तलबाट काटेर माथि तिर लागेमा गोल्डेन क्रसओभर बन्नेछ। जसले बजार बढ्ने संकेत गर्दछ।

नेप्सेसँगै गत साता भोल्युममा पनि कमी आएको छ। गत साता दैनिक औषतमा ६ अर्ब ४९ करोड रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको थियो। साताको अन्तिम कारोबार नेप्सेको २० दिने औषत भोल्यूम ८ अर्ब २ करोड रुपैयाँ रहेको छ। २० दिने औषत भोल्यूमको तुलनामा दैनिक औषत भोल्युम १९.०५ प्रतिशत कम हो।

साताको अन्तिम कारोबार दिन फियर एण्ड ग्रीड मिटरमा नेप्से ८५.४६ स्केल अर्थात एक्सट्रीम ग्रीड जोनमा रहेको छ। बुधबार नेप्से ग्रीड जोनमा झरेको थियो।

हाइड्रोपावर उपसमूह

गत साता हाइड्रोपावर उपसमूहको परिसूचक ६.४९ अंक अर्थात ०.३२ प्रतशित घटेको थियो। अघिल्लो साताको अन्तिम कारोबार दिन २००७.०३ विन्दुमा रहेको यस उपसमूहको परिसूचक यस साताको अन्तिम कारोबार दिन २०००.५४ विन्दुमा झरेको थियो।

यस अनुसार यस साता हाइड्रोपावर उपसमूहको परिसूचक उकालो लागेमा २१२० विन्दुमा प्रतिरोधको सामना गर्ने देखिन्छ। त्यसैगरी, ओरालो लागेमा भने १८८० विन्दुमा टेवा पाउने देखिन्छ।

गत साताको बुधबार ५ दिने इएमए र २० दिने इएमए एक आपसमा जोडिएपन साताको अन्तिम कारोबार दिन भने यी दुई एक अर्काबाट टाढिएका छन्। यसले बजारमा बाइङ्ग मोमेन्टम पुनः बलियो हुन थालेको संकेत गर्दछ।

विस्तृत प्राविधिक विश्लेषण मेरोलगानी न्यूजलेटरमा

(उपलब्ध तथ्याङ्कका आधारमा गरिएको यो विश्लेषण आफैमा पूर्ण होइन। लगानीकर्ताले लगानीको निर्णय गर्नु अघि आफैले थप अध्ययन तथा विश्लेषण गर्नु आवश्यक छ।)




आठ दिनपछि आयाे सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

Jul 11, 2025 11:30 AM

नेपाली बजारमा सुन र चाँदीको मूल्य आठ दिनपछि आएकाे छ । बिहीबार सरकारसँग ६ बुँदे सहमति भएपछि आज शुक्रबार सुनको मूल्य आएकाे हो । सुन चाँदी व्यवसायीहरुले गरेको आन्दोलन कारण गत असार १९ गते बिहीबारदेखि सुनको मूल्य आएको थिएन ।