गत साता नयाँ अलटाइम हाइ रेकर्ड बनाएको नेप्से, यस साता के होला?

Apr 18, 2021 08:04 AM Merolagani



गत साता नेप्सेले नयाँ अलटाइम हाइ रेकर्ड बनाएको थियो। साताको अन्तिम कारोबार दिन नेप्सेले नयाँ रेकर्ड बनाएर बन्द भएको हो।

साताभरीमा नेप्से परिसूचक २.२८ प्रतिशत अर्थात ६१.०४ अंक बढेर २७३५.३९ विन्दुमा बन्द भएको थियो। अघिल्लो साता नेप्से २६७४.३५ विन्दुमा बन्द भएको थियो।

यस अनुसार यस साता नेप्से परिसूचक उकालो लागेमा २८५० विन्दुमा प्रतिरोधको सामना गर्ने देखिन्छ। त्यसैगरी, ओरालो लागेमा भने २६०० विन्दुमा टेवा पाउने देखिन्छ। यस साता नेप्से २७०० विन्दुभन्दा माथि नै रहे बुलिश यात्राले निरन्तरता पाउने देखिन्छ।

मैनबत्ती विश्लेषण अनुसार गत साता नेप्सेले बुलिश मैनबत्ती बनाएको छ। यसले बजारमा गत साता उच्च खरिदचाप रहेको संकेत गर्दछ। साताको अन्तिम कारोबार दिन भने लगानीकर्ताहरु अन्योलमा रहेका देखिन्छ।

गत साता नेप्सेको ५ दिने इएमए र २० दिने इएमए बीचको दूरी फराकिलो हुँदै गएको देखिन्छ। यसले बजारमा बाइङ्ग मोमेन्टम बलियो हुँदै गएको संकेत गर्दछ।

नेप्सेसँगै गत साता भोल्यूममा पनि सुधार भएको छ। गत साता बजारमा देनिक औषतमा ७ अर्ब ७९ करोड रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको थियो। योसँगै नेप्सेको पछिल्लो २० दिने औषत भोल्यूम ६ अर्ब ३० करोड रुपैयाँ पुगेको छ। नेप्सेको २० दिने औषत भोल्यूमको तुलनामा दैनिक औषत भोल्यूम २३.७५ प्रतिशत बढी हो। भोल्यूम सहितको नेप्सेको वृद्धिलाई बलियो वृद्धि मानिन्छ।

बैंकिङ्ग उपसमूह

गत साता दोस्रो बजारका लगानीकर्ताहरु बैंकिङ्ग उपसमूहतर्फ आकर्षित हुन थालेको देखिएको छ। फलस्वरुप, यस उपसमूहको परिसूचक सो साता ४.५७ प्रतिशत बढेको छ। अघिल्लो साताको अन्तिम कारोबार दिन १८२०.९५ विन्दुमा बन्द भएको यस उपसमूहको परिसूचक, गत साता ८३.२१ अंक बढेर १९०४.१६ विन्दुमा बन्द भएको छ।

यस अनुसार यस साता सो उपसमूहको परिसूचक उकालो लागेमा २००० विन्दुमा प्रतिरोधको सामना गर्ने देखिन्छ। त्यसैगरी, ओरालो लागेमा १८०० विन्दुमा टेवा पाउने देखिन्छ।

गत साता यस उपसमूहको ५ दिने इएमए र २० दिने इएमए बीचको दूरी फराकिलो हुँदै गएको देखिएको छ। यसले बैंकिङ्ग सेक्टरमा बाइङ्ग मोमेन्टम बलियो हुँदै गएको संकेत गर्दछ।

(उपलब्ध तथ्याङ्कका आधारमा गरिएको यो विश्लेषण आफैमा पूर्ण होइन। लगानीकर्ताले लगानीको निर्णय गर्नु अघि आफैले थप विश्लेषण गर्नु आवश्यक छ।)




सपथ नलिदै ‘बालेन सरकार’ विरुद्ध सरकारी हाकिमहरु सडकमा

Mar 26, 2026 01:51 PM

फागुन २१ को निर्वाचनमा प्रचण्ड बहुमत जितेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) नेतृत्वमा सुक्रबार नयाँ सरकार गठन हुने तयारी भइरहेको छ ।