नयाँ अलटाइम हाइ बनाएको बजार, यस साता के होला?

Jun 13, 2021 07:27 AM Merolagani



गत साता नेप्से परिसूचकले नयाँ अलटाइम हाइ रेकर्ड बनाएको थियो। गत साताको मंगलबार नेप्से परिसूचक २९६०.१४ विन्दुमा बन्द भइ नयाँ रेकर्ड बनाएको हो।

त्यसपछिका दुई दिनमा भने नेप्सेमा सामान्य करेक्सन देखिएको थियो। यद्यपि, गत साता नेप्सेले इन्ट्रा डे कारोबारमा ३००० विन्दुलाई पनि पार गरेको थियो।

गत साता २९४४.७८ विन्दुमा बन्द भएको नेप्से, यस साता उकालो लागेमा ३१०० विन्दुमा प्रतिरोधको सामना गर्ने देखिन्छ। त्यसैगरी, ओरालो लागेमा भने २८०० विन्दुमा टेवा पाउने देखिन्छ।

नेप्सेको ५ दिने इएमए र २० दिने इएमए बीचको दूरी फराकिलो नै छ। जसले बजारमा बाइङ्ग मोमेन्टम बलियो रहेको संकेत गर्दछ।

साताको अन्तिम कारोबार दिन नेप्सेले छोटो पुच्छर भएको रातो मैनबत्ती बनाएको छ, जसले सो दिन खरिदकर्ताको तुलनामा बिक्रीकर्ता हाबी भएको संकेत गर्दछ। यद्यपि, मैनबत्तीमा भएको छोटो पुच्छरले सो दिनको अन्त्यतिर खरिदकर्ता बढ्न थालेको संकेत गर्दछ।

नेप्सेसँगै गत साता भोल्यूममा पनि वृद्धि भएको छ। गत साता दैनिक औषतमा १६ अर्ब ६२ करोड रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ। यससँगै नेप्सेको दैनिक औषत भोल्यूम १३ अर्ब ७ करोड रुपैयाँ पुगेको छ। नेप्सेको २० दिने औषत भोल्युमको तुलनामा दैनिक औषत भोल्यूम २७.२० प्रतिशत बढी हो।

उत्पादन तथा प्रशोधन उपसमूह

गत साता उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक ४.१७ प्रतिशत बढेको छ। अघिल्लो साता ५९२२.०४ विन्दुमा बन्द भएको यस उपसमूहको परिसूचक गत साता २४६.७६ अंक बढेर ६१६८.८० विन्दुमा बन्द भएको छ।

यस अनुसार यस साता सो उपसमूहको परिसूचक उकालो लागेमा ६६०० विन्दुमा प्रतिरोधको सामना गर्ने देखिन्छ। त्यसैगरी, सो उपसमूहको परिसूचक ओरालो लागेमा भने ५८०० विन्दुमा टेवा पाउने देखिन्छ।

उपसमूहको ५ दिने इएमए र २० दिने इएमए बीचको दूरी झन् फराकिलो बन्दै गएको छ। यसले बजारमा बाइङ्ग मोमेन्टम बलियो रहेको संकेत गर्दछ।

विस्तृत प्राविधिक विश्लेषण मेरोलगानी न्यूजलेटरमा

(उपलब्ध तथ्याङ्कका आधारमा गरिएको यो विश्लेषण आफैमा पूर्ण होइन। लगानीकर्ताले लगानीको निर्णय गर्नु अघि आफैले थप विश्लेषण गर्नु आवश्यक छ।)

 




दुई कुराबाट टाढा रहने ऊर्जामन्त्री घिसिङको घोषणा

Sep 15, 2025 03:43 PM

नवनियुक्त ऊर्जामन्त्री कुलमान घिसिङले पदभार ग्रहण गरेसँगै एक सशक्त सन्देश दिएका छन्। उनले मन्त्रीको हैसियतमा कुनै तलब, भत्ता, सुरक्षालगायत सेवा-सुविधा नलिने घोषणा गरेका हुन्।