आइएमई जनरलको बोनस शेयर नेप्सेमा सूचीकृत

Jul 26, 2021 11:39 AM Merolagani



आइएमई जनरल इन्स्योरेन्स (IGI) को बोनस शेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको छ।

सोमबार कम्पनीको ७ लाख ५७ हजार ५०० कित्ता बोनस शेयर नेप्सेमा सूचीकृत भएको हो।

कम्पनीले अघिल्लो आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई चुक्ता पूँजीको ७ प्रतिशत बोनस र कर प्रयोजनको लागि ०.३७ प्रतिशत लाभांश वितरण गरेको थियो।

उक्त बोनस शेयर सोमबार नेप्सेमा सूचीकृत भएको हो।

शेयरधनीको डिम्याट खातामा आएपछि उक्त बोनस शेयर दोस्रो बजारमा किनबेच गर्न सकिनेछ।