सपोर्ट लघुवित्त वित्तीय संस्था लिमिटेडको कम्पनी विश्लेषण

Aug 21, 2021 06:57 PM Merolagani



यस साताको मोस्ट पपुलर बाइ स्टक सूचीको शीर्ष स्थानमा लघुवित्त कम्पनीहरुको वर्चश्व रह्यो। सोमध्येको एक लघुवित्तको सपोर्ट लघुवित्त वित्तीय संस्था (SMB)।

यस साता लघुवित्तको शेयरमूल्य २५ रुपैयाँ घटेको छ। गत साता २७२४ रुपैयाँमा अन्तिम कारोबार भएको यस लघुवित्तको शेयर यस साता घटेर २६९९ रुपैयाँमा अन्तिम कारोबार भएको छ।

यस अनुसार आगामी साता लघुवित्तको शेयरमूल्य उकालो लागेमा ३००० रुपैयाँमा प्रतिरोधको सामना गर्ने देखिन्छ। त्यसैगरी, ओरालो लागेमा भने २५०० रुपैयाँमा टेवा पाउने देखिन्छ।

साताको अन्तिम कारोबार दिन लघुवित्तको शेयरमूल्यले ड्रयागनफ्लाइ डोजी आकृति बनाएको छ। जसले सम्भावित रिभर्सलको संकेत गर्दछ। सो दिन लघुवित्तको २७०० रुपैयाँमा पहिलो कारोबार भएको थियो जुन उक्त दिनकै उच्च मूल्य रह्यो। त्यसैगरी, कारोबार अवधिभरमा २६६० रुपैयाँसम्म झरेको लघुवित्तको शेयरमूल्य अन्तिम समयमा २६९९ रुपैयाँमा पुगेर बन्द भएको थियो। जसले गर्दा ड्रयागन फ्लाइ डोजी आकृति बन्न पुगेको हो।

लघुवित्तको ५ दिने इएमए र २० दिने इएमए बीचको दूरी यस साता केही साँघुरिएको छ। यसले बजारमा बाइङ्ग मोमेन्टम कमजोर भएको संकेत गर्दछ।

लघुवित्तको शेयरमूल्यसँगै यस साता भोल्यूम पनि घटेको छ। यस साता लघुवित्तको दैनिक औषतमा ९९६ कित्ता शेयर खरिदबिक्री भएको छ। यससँगै लघुवित्तको २० दिने औषत भोल्यूम १ हजार ६१७ कित्ता पुगेको छ। २० दिने औषत भोल्यूमको तुलनामा दैनिक औषत भोल्यूम ३८.३९ प्रतिशत कम हो।

गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा लघुवित्तले ३ करोड ३१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिको अपरिष्कृत वित्तीय विवरण अनुसार लघुवित्तको नाफा १ करोड ३८ लाख रुपैयाँ थियो।

खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा बढेसँगै लघुवित्तको खुद नाफा बढ्न पुगेको हो।

गत असार मसान्तसम्ममा लघुवित्तले ८ करोड ८१ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ भने ५ करोड २६ लाख रुपैयाँ सञ्चालन मुनाफा आर्जन गरेको छ।

६ करोड ६० लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस लघुवित्तको जगेडा कोषमा ५ करोड २० लाख रुपैयाँ सञ्चित छ।

गत आर्थिक वर्षको चौथो त्रैमासको अन्त्यसम्ममा लघुवित्तको वार्षिक प्रतिशेयर आम्दानी ५० रुपैयाँ ३० पैसा रहेको छ। यस साताको अन्तिम कारोबार मूल्यका आधारमा लघुवित्तको मूल्य आम्दानी अनुपात ५३.६६ गुणा रहेको छ। त्यसैगरी, लघुवित्तको बुकभ्यालु १७८ रुपैयाँ ९३ पैसा रहेको छ।

यस साताको अन्तिम कारोबार दिन लघुवित्तको आरएसआई ५५.०६ स्केल अर्थात न्यूट्रल जोनमा रहेको छ। यसले लघुवित्तमा शेयर खरिदबिक्री चाप सन्तुलनमा रहेको संकेत गर्दछ। प्राविधिक विश्लेषणका अधिकांश उपकरणहरुमा लघुवित्तको शेयरमूल्य बुलिश रहेको देखिन्छ।

हाल लघुवित्तको नेप्सेमा ६ लाख ६० हजार कित्ता शेयर सूचीकृत छ। साताको अन्तिम कारोबार दिन लघुवित्तको शेयर २६९९ रुपैयाँमा अन्तिम कारोबार भएको थियो। यस अनुसार लघुवित्तको कुल बजार पूँजीकरण १ अर्ब ७८ करोड १३४ लाख ४० हजार रुपैयाँ रहेको छ।

लघुवित्तको १८० दिने औषत मूल्य २३८४ रुपैयाँ २३ पैसा रहेको छ। त्यसैगरी, लघुवित्तको पछिल्लो ५२ हप्ताको उच्च मूल्य २८९५ रुपैयाँ रहेको भने न्यून मूल्य ८०२ रुपैयाँ रहेको छ।

‘फियर एण्ड ग्रीड’ मिटरमा कम्पनी अहिले ‘ग्रीड’ जोनमा रहेको छ। यसले लगानीकर्ताहरु शेयरमूल्य बढ्ने अपेक्षामा खरिद गरिरहेको संकेत गर्दछ।

(उपलब्ध तथ्याङ्कका आधारमा गरिएको यो विश्लेषण आफैमा पूर्ण होइन। लगानीकर्ताले लगानीको निर्णय गर्दा आफैले थप अध्ययन तथा विश्लेषण गर्नु आवश्यक छ।)




यातायात कार्यालयले भन्यो-लाइसेन्स लिन आइहाल्नुहाेस्

Jun 26, 2026 03:03 PM

एकान्तकुना यातायात कार्यालयले भिडभाड एकदमै कम भएकाेले यथाशीघ्र आफ्नो लाइसेन्स लिन आउन अनुराेध गरेकाे छ । कार्यालयले प्रिन्ट भइसकेका सवारी चालक अनुमति पत्र (लाइसेन्स) यथाशीघ्र लिन अनुरोध गरेको हाे ।