लाभांशको सिजन सुरु, लक्ष्मी क्यापिटलका दुई योजनाले गरे लाभांश घोषणा

Aug 02, 2022 11:09 AM Merolagani



नेपाल स्टक एक्सचेञ्चमा सूचीकृत कम्पनी तथा म्युचुअल फण्डहरुले लाभांश घोषणा सुरु गरेका छन्।

लक्ष्मी क्यापिटलका दुई योजनाले आफ्ना इकाइधनीहरुलाई वितरण गर्ने प्रतिफल घोषणा गरेका छन्। सोमबार बसेको सञ्चालक समितिको बैठकले लक्ष्मी उन्नति कोष (LUK) र लक्ष्मी इक्वीटि फण्ड (LEMF) का इकाइधनीहरुलाई कर सहित ५-५ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो।

यी योजनाहरुले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना इकाइधनीलाई वितरण गर्ने गरी उक्त लाभांश घोषणा गरेका हुन्। बुकक्लोजको अघिल्लो दिनसम्म कायम इकाइधनीहरुले उक्त लाभांश पाउनेछन्।

 




गंगा दाहालको घरमा फेला परेकाे शव कसकाे हाे ?

Sep 10, 2025 01:42 PM

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'की छोरी गंगा दाहालको घरमा शव फेला परेको छ। तर शव कसकाे हाे सनाखत हुन नसकेकाे प्रहरीकाे भनाइ छ ।