यस साता बैंकको शेयरमूल्य ५८ रुपैयाँ घटेको छ। गत साताको अन्तिम कारोबार दिन ८०८ रुपैयाँमा अन्तिम कारोबार भएको यस बैंकको शेयर, यस साताको बिहीबार ७५० रुपैयाँमा अन्तिम कारोबार भएको छ।
सपोर्ट जोनबाट फर्कियो
यस साता बैंकको शेयरमूल्य सपोर्ट जोनबाट फर्किएको छ। साताको अन्तिम कारोबार दिन बैंकको शेयरमूल्य ७३६ रुपैयाँ १० पैसासम्म झरेको थियो। यद्यपि अन्तिम समयमा भने ७५० रुपैयाँमा कारोबार भएको थियो। हालको लागि बैंकको सपोर्ट जोन ७२० देखि ७४० रहेको छ। आगामी साता बैंकको शेयरमूल्य सो टेवा क्षेत्र तोडेर तल लागेमा भने ६९० देखि ७०० को क्षेमा टेवा पाउने देखिन्छ। त्यसैगरी, बैंकको शेयरमूल्य उकालो लागेमा भने ७८५ देखि ८०० को क्षेत्रमा प्रतिरोधको सामना गर्ने देखिन्छ।
सम्भावित बुलिश रिभर्सल
साताको अन्तिम कारोबार दिन बैंकको शेयरमूल्यले रातो ह्यामर मैनबत्ती बनाएको छ। यो सम्भावित बुलिश ट्रेण्ड रिभर्सलको संकेत हो। अर्थात आगामी साता बैंकको शेयरमूल्य बढ्ने सम्भावना देखिन्छ।

बलियो भोल्यूम
शेयरमूल्य घटेपनि यस साता बैंकको भोल्युम भने बढेको छ। यस साता बैंकको दैनिक औषतमा ९० हजार ६८० कित्ता शेयर खरिदबिक्री भएको छ। यससँगै बैंकको २० दिने औषत भोल्यूम ६७ हजार ५०६ कित्ता रहेको छ। बैंकको २० दिने औषत भोल्यूमको तुलनामा दैनिक औषत भोल्यूम ३४.३२ प्रतिशत बढी हो।

नकारात्मक क्षेत्रमा एमएसिडी
यस साता बैंकको एमएसिडी नकारात्मक क्षेत्रमा रहेको छ। साताको अन्तिम कारोबार दिन एमएसिडी रेखा र सिग्नल रेखा दुबै शून्य रेखाभन्दा तल रहेको छ। त्यसैगरी, बैंकको हिस्टोग्राम पनि शून्य रेखाभन्दा तल रहेको छ। यसले बैंकको शेयरमूल्य अहिले बियरिश ट्रेण्डमा रहेको संकेत गर्दछ।

बिक्रीचाप बढी
साताको अन्तिम कारोबार दिन बैंकको स्टकास्टिक आरएसआई शून्य रेखा नजिक पुगेको छ। २० स्केलभन्दा तल रहेको यस आरएसआईले बैंकको शेयरमा बिक्रीचाप बढी रहेको संकेत गर्दछ।

वित्तीय अवस्था
चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा बैंकले ३ अर्ब २७ करोड ३३ लाख रुपैयाँ खुद नाफा कमाएको छ। गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले २ अर्ब ४० करोड २० लाख रुपैयाँ खुद नाफा कमाएको थियो। खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा बढेसँगै बैंकको खुद नाफा बढ्न पुगेको हो।
सो अवधिसम्ममा बैंकको वितरणयोग्य मुनाफा ३ अर्ब ७५ करोड २४ लाख रुपैयाँ रहेको छ। सो अवधिसम्ममा बैंकले ६ अर्ब २९ करोड ५७ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ भने ४ अर्ब ६९ करोड ३४ लाख रुपैयाँ सञ्चालन मुनाफा आर्जन गरेको छ।
११ अर्ब ५६ करोड ४० लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस बैंकको जगेडा कोषमा १६ अर्ब ६४ करोड ९२ लाख रुपैयाँ सञ्चित छ।

सो अवधिसम्ममा बैंकको वार्षिक प्रतिशेयर आम्दानी ५६ रुपैयाँ ६१ पैसा रहेको छ भने बुकभ्यालु २४३ रुपैयाँ ९७ पैसा रहेको छ। त्यसैगरी, गत बिहीबारको अन्तिम कारोबार मूल्य अनुसार बैंकको पीई रेशियो १३.२५ गुणा रहेको छ भने प्राइस टु बुकभ्यालु रेशियो ३.०७ गुणा रहेको छ। त्यसैगरी, बैंकको आरओई २३.२० प्रतिशत रहेको छ।
प्राविधिक विश्लेषणका अधिकांश उपकरणहरुमा बैंकको शेयरमूल्य बियरिश ट्रेण्डमा रहेको देखिन्छ।

आधारभूत विश्लेषण
हाल नेप्सेमा बैंकको ११ करोड ५६ लाख ४० हजार ५३ कित्ता शेयर सूचीकृत छ। बैंकको १८० दिने औषत मूल्य ७२५ रुपैयाँ ९ पैसा रहेको छ। बैंकको ५२ हप्ताको उच्च मूल्य ८६१ रुपैयाँ ९० पैसा रहेको छ भने न्यून मूल्य ६०० रुपैयाँ ३० पैसा रहेको छ। गत बिहीबारको अन्तिम कारोबार मूल्य अनुसार बैंकको कुल बजार पूँजीकरण ८६ अर्ब ७३ करोड ४० हजार २७५ रुपैयाँ रहेको छ।

ब्रोकर नम्बर ४४ बाट सर्वाधिक खरिद
फ्लोरसिट विश्लेषण गर्दा यस साता ब्रोकर नम्बर ४४ ले बैंकको सर्वाधिक शेयर खरिद गरेको छ भने सबैभन्दा बढी बिक्री गर्ने ब्रोकर नम्बर १७ नम्बर रहेको छ। ब्रोकर नम्बर ४४ ले यस साता बैंकको ५३ हजारभन्दा बढी कित्ता शेयर खरिद गरेको छ। ब्रोकर नम्बर १७ ले भने यस साता बैंकको ९१ हजार कित्ताभन्दा बढी शेयर बिक्री गरेको छ।

फियर जोनतर्फ जाँदै
फियर एण्ड ग्रीड मिटरमा बैंक अहिले न्यूट्रल जोनबाट फियर जोनतर्फ गइरहेको देखिन्छ। यसले लगानीकर्ताहरुमाझ बैंकको शेयरमूल्य घट्छ भन्ने डर बढ्न थालेको संकेत गर्दछ।

(प्राविधिक विश्लेषणमा प्रयोग भएका चित्रहरु मेरोलगानी एआई चार्टबाट लिइएको हो भने आधारभूत विश्लेषणमा प्रयोग भएका चित्रहरु मेरोलगानी डाटा एनालाइटिक्सबाट लिइएको हो।)
(उपलब्ध तथ्यांकका आधारमा गरिएको यो विश्लेषण आफैमा पूर्ण होइन। लगानीकर्ताले लगानीको निर्णय गर्दा आफैले थप अध्ययन तथा विश्लेषण गर्नु आवश्यक छ।)