सपोर्ट जोन नजिक एनआरएन इन्फ्रास्ट्रक्चर, हेरौँ कम्पनी विश्लेषण

Feb 10, 2024 05:52 PM Merolagani

यस साता लगानी उपसमूहको परिसूचक १.३७ प्रतिशत बढेको छ। गत साता ७८.९५ विन्दुमा बन्द भएको यस उपसमूहको परिसूचक, यस साता १.०८ अंक बढेर ८०.०३ विन्दुमा बन्द भएको छ।

सोही उपसमूहमध्येको एक कम्पनी हो, एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेड (NRN)।

यस साता सो कम्पनीको शेयरमूल्य ७ रुपैयाँ घटेको छ। गत साताको अन्तिम कारोबार दिन ५९७ रुपैयाँ रहेको यस कम्पनीको शेयरमूल्य यस साता घटेर ५९० रुपैयाँमा अन्तिम कारोबार भएको छ।

 

सपोर्ट जोन नजिक

यस साता कम्पनीको शेयरमूल्य सपोर्ट जोन नजिक रहेको छ। हाल कम्पनीको सपोर्ट जोन ५६० देखि ५८० सम्म रहेको छ। त्यसैगरी, आगामी दिनमा कम्पनीको शेयरमूल्य बढेमा ६४० देखि ६६० को क्षेत्रमा प्रतिरोधको सामना गर्ने देखिन्छ।

अन्योलमा लगानीकर्ता

साप्ताहिक रुपमा यस साता कम्पनीको शेयरमूल्यले स्पिनिङ्ग टप मैनबत्ती बनाएको छ। यसले लगानीकर्ताहरु आगामी दिनमा कम्पनीको शेयरमूल्य घट्छ कि बढ्छ भन्ने अन्योलमा रहेको संकेत गर्दछ। यद्यपि, साताको अन्तिम कारोबार दिन भने कम्पनीको शेयरमूल्यले रातो मैनबत्ती बनाएको छ। जसले सो दिन कम्पनीको शेयरमा बिक्रीकर्ता हाबी रहेको संकेत गर्दछ।

एआई सिग्नल

मेरोलगानी एआई चार्टले हालसम्म ५ पटक सिग्नल दिएको छ। जसमा ४ सिग्नल सफल भएका छन् भने एक सिग्नलमा स्टप लस गर्नु परेको थियो। ४ सिग्नलबाट लगानीकर्ताहरुले ३६.४३ प्रतिशत नाफा कमाएका थिए।

कमजोर भोल्यूम

यस साता कम्पनीको शेयरमूल्य घटेसँगै भोल्यूम पनि कमजोर रहेको छ। यस साता कम्पनीको दैनिक औषतमा ७७ हजार २९४.२० कित्ता शेयर कारोबार भएको छ। साताको अन्तिम कारोबार दिन कम्पनीको २० दिने औषत भोल्यूम १ लाख ७९ हजार ५९ कित्ता रहेको छ। २० दिने औषत भोल्यूमको तुलनामा ५६.८३ प्रतिशत कम हो।

बियरिश प्रवृत्ति

यस साताको कम्पनीको एमएसिडी रेखा सिग्नल रेखाभन्दा तल रहेको छ। त्यसैगरी, कम्पनीको हिस्टोग्राम पनि नकारात्मक क्षेत्र अर्थात शून्य रेखाभन्दा तल रहेको छ। यसले हाल कम्पनीको शेयरमूल्य बियरिश प्रवृत्तिमा रहेको संकेत गर्दछ।

खरिदबिक्री चाप बढी

साताको अन्तिम कारोबार दिन स्टकास्टिक आरएसआईमा कम्पनीको शेयरमूल्य ओभरबट जोनमा रहेको छ। यसले सो साता कम्पनीको शेयरमा बिक्रीचापको तुलनामा खरिदचाप बढी रहेको संकेत गर्दछ।

वित्तीय अवस्था

चालु आर्थिक वर्षको पहिलो ६ महिनासम्ममा कम्पनीले १ करोड ६३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १८८.०७ प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले ५६ लाख रुपैयाँ नाफा कमाएको थियो।

कम्पनीको कुल आम्दानी घटेपनि वित्तीय सम्पत्तीको फेर भ्यालु परिर्वतन नाफा धनात्मक भएका कारण खुद नाफा उल्लेख्य बढ्न पुगेको हो।

समीक्षा अवधिमा कम्पनीको कुल आम्दानी ३९.३८ प्रतिशत घटेको छ भने कुल खर्च २६.७३ प्रतिशत बढेको छ। त्यसैगरी, कम्पनीको सञ्चालन आम्दानी ५१.७३ प्रतिशत घटेको छ। गत आर्थिक वर्षको पुस मसान्तसम्ममा १ करोड ७४ लाख रुपैयाँ ऋणात्मक रहेको कम्पनीको वित्तीय सम्पत्तीको फेर भ्यालु परिवर्तन नाफा, चालु आर्थिक वर्षको सोही अवधिसम्ममा ९१ लाख रुपैयाँ धनात्मक भएको छ।
१ अर्ब २२ करोड ३२ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको रिटेन्ड अर्निङ्ग ६ करोड ४७ लाख रुपैयाँ रहेको छ।

नाफासँगै कम्पनीको प्रतिशेयर आम्दानी पनि बढेको छ। समीक्षा अवधिमा कम्पनीको यस्तो आम्दानी १ रुपैयाँ ७४ पैसा बढेर २ रुपैयाँ ६७ पैसा पुगेको छ। त्यसैगरी, कम्पनीको बुकभ्यालु १४९ रुपैयाँ ५६ पैसा रहेको छ। यस साताको अन्तिम मूल्य अनुसार कम्पनीको मूल्य आम्दानी अनुपात २२०.९७ गुणा रहेको छ भने प्राइस टु बुकभ्यालु रेशियो ३.९४ गुणा रहेको छ।

आधारभुत अवस्था

हाल नेप्सेमा कम्पनीको १ करोड २२ लाख ३२ हजार ११७ कित्ता शेयर सूचीकृत छन्। कम्पनीको १८० दिने औषत मूल्य ४४९ रुपैयाँ ३६ पैसा रहेको छ। त्यसैगरी, कम्पनीको ५२ हप्ताको उच्च मूल्य ६४१ रुपैयाँ रहेको छ भने न्यून मूल्य २८० रुपैयाँ ६० पैसा रहेको छ। साताको अन्तिम कारोबार मूल्य अनुसार कम्पनीको कुल बजार पूँजीकरण ७ अर्ब २१ करोड ६९ लाख ४९ हजार ३० रुपैयाँ रहेको छ।

ब्रोकर ५८ बाट सर्वाधिक खरिद

यस साता ब्रोकर नम्बर ५८ ले कम्पनीको सबैभन्दा बढी शेयर खरिद गरेको छ। सो ब्रोकरले यस साता कम्पनीको ६३ हजार ६०८ कित्ता शेयर खरिद गरेको हो। त्यसैगरी, यस साता ब्रोकर नम्बर ३५ ले कम्पनीको सबैभन्दा बढी शेयर बिक्री गरेको छ। सो ब्रोकरले यस साता कम्पनीको ३० हजार १० कित्ता शेयर बिक्री गरेको छ।

मूल्य बढ्ने अपेक्षा

फियर एण्ड ग्रीड मिटरमा कम्पनीको शेयरमूल्य अहिले ग्रिड जोनमा रहेको छ। यसले लगानीकर्ताहरु कम्पनीको शेयरमूल्य बढ्छ कि भन्ने अपेक्षामा रहेको संकेत गर्दछ।

(यस समाचारको प्राविधिक विश्लेषणमा प्रयोग भएका चित्रहरु मेरोलगानी एआई चार्टबाट लिइएको हो भने आधारभूत विश्लेषणमा प्रयोग भएका चित्रहरु मेरोलगानीको डाटा एनालाइटिक्सबाट लिइएको हो।)

(उपलब्ध तथ्यांकका आधारमा गरिएको यो विश्लेषण आफैमा पूर्ण होइन। लगानीकर्ताले लगानीको निर्णय गर्नुअघि थप अध्ययन तथा विश्लेषण गर्नु आवश्यक छ।)

comments powered by Disqus

टप ब्रोकरको रोजाईमा कुन कम्पनी ?

Jul 18, 2024 06:13 AM

शेयर बजार बढेसँगै पछिल्लो समय कारोबार रकममा समेत उछाल आउन थालेको छ । बुधबार नेप्से परिसुचक ५४.०४ अंकले बढेर २३ सय ६४ दशमलब ६३ विन्दुमा पुग्दा १२ अर्ब ५ करोड रुपैयाँको शेयर कारोबार भएको छ जुन ३५ महिना यताकै उच्च हो भने नेप्से परिसुचक समेत २६ महिना यताकै उच्च विन्दु हो ।