सपोर्ट जोन नजिक सिईडिबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी, हेरौँ कम्पनी विश्लेषण

Feb 17, 2024 06:05 PM Merolagani

यस साता लगानी उपसमूहको परिसूचक १.९० प्रतिशत घटेको छ। गत साता ८०.०३ विन्दुमा बन्द भएको यस उपसमूहको परिसूचक यस साता १.५२ अंक घटेर ७८.५१ विन्दुमा झरेको छ।

सोही उपसमूहको एक कम्पनी हो सिईडिबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेड (CHDC)।

यस साता सो कम्पनीको शेयरमूल्य ७ रुपैयाँ २० पैसा घटेको छ। गत साता ९९३ रुपैयाँमा अन्तिम कारोबार भएको यस कम्पनीको शेयर, यस साता ९८५ रुपैयाँ ८० पैसामा अन्तिम कारोबार भएको छ।

C6# 

सपोर्ट जोन नजिक

साताको अन्तिम कारोबार दिन कम्पनीको शेयरमूल्य सपोर्ट जोन नजिक बन्द भएको छ। हाल कम्पनीको सपोर्ट जोन ९३५ देखि ९६५ सम्म रहेको छ। गत बुधबार कम्पनीको शेयरमूल्यले सोही क्षेत्रमा सपोर्ट पाएर उक्लिएको थियो। आगामी साता कम्पनीको शेयरमूल्य उकालो लागेमा १०७० देखि ११०५ को क्षेत्रमा प्रतिरोधको सामना गर्ने देखिन्छ।

रिभर्सलको संकेत

गत साताको अन्तिम दुई कारोबार दिनमा कम्पनीको शेयरमूल्यले इन्भर्टेड ह्यामर मैनबत्ती बनाएको छ। यो एक रिभर्सलको संकेत हो। यसले आगामी दिनमा कम्पनीको शेयरमूल्य केही घट्न सक्ने संकेत गर्दछ।

एआई सिग्नल

मेरोलगानी एआई चार्टले हालसम्म कम्पनीको शेयरमा ७ वटा सिग्नल दिइसकेको छ। जसमध्ये ३ सिग्नलमा स्टप लस गर्नु परेको थियो भने दुई सिग्नलमा लगानीकर्ताहरुले नाफा कमाएका थिए। मेरोलगानी एआई चार्टले यसै साता मात्र दुई बाइ सिग्नल दिएको थियो। एनआई चार्टले गत माद्ध २९ गते र फागुन २ गते बाइ सिग्नल दिएको थियो। यी दुबै सिग्नलमार्फत लगानीकर्ताले हालसम्म २.१६ प्रतिशत नाफा कमाइसकेका छन्।

कमजोर भोल्यूम

यस साता कम्पनीको भोल्यूम पनि कमजोर रहेको छ। यस साता दैनिक औषतमा कम्पनीको ७ हजार ४७८ कित्ता शेयर खरिदबिक्री भएको छ। साताको अन्तिम कारोबार दिन कम्पनीको २० दिने औषत भोल्यूम ११ हजार १२४ कित्ता रहेको छ। २० दिने औषत भोल्यूमको तुलनामा नेप्सेको दैनिक औषत भोल्यूम ३२.७७ प्रतिशत कम हो।

बियरिश प्रवृत्ति

यस साता कम्पनीको शेयरमूल्य बियरिश प्रवृत्तिमा रहेको छ। कम्पनीको एमएसिडी रेखा सिग्नल रेखाभन्दा तल रहेको छ। त्यसैगरी, कम्पनीको हिस्टोग्राम, एमएसिडी रेखा र सिग्नल रेखा सबै शून्य रेखाभन्दा तल रहेको छ। यद्यपि, एमएसिडी रेखा र सिग्नल रेखा बीचको दूरी र हिस्टोग्रामको उचाई घट्दै गएको छ। आगामी दिनमा एमएसिडी रेखाले सिग्नल रेखालाई तलबाट काटेर माथि लागेमा बुलिश क्रशओभर बन्नेछ। जसले कम्पनीको शेयरमूल्य बढ्ने संकेत गर्दछ।

बिक्रीचाप बढी

साताको अन्तिम कारोबार दिन कम्पनीको स्टकास्टिक आरएसआई ओभरसोल्ड जोनमा रहेको छ। यसले बजारमा कम्पनीको शेयरमा बिक्रीचाप बढी रहेको संकेत गर्दछ।

वित्तीय अवस्था

चालु आर्थिक वर्षको पहिलो ६ महिनासम्ममा कम्पनीले ५ करोड ३६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ११.३८ प्रतिशत कम हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले ६ करोड ५ लाख रुपैयाँ कमाएको थियो।

आम्दानी घटेसँगै कम्पनीको खुद नाफा घट्न पुगेको हो।

समीक्षा अवधिमा कम्पनीको सेवा शुल्क, ब्याज तथा अन्य आम्दानी १६.४८ प्रतिशत घटेको छ। त्यसैगरी, समीक्षा अवधिमा कम्पनीको ब्याज खर्च ६३.८९ प्रतिशत घटेको छ भने कुल खर्च १.९३ प्रतिशत बढेको छ।

८३ करोड ९४ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको जगेडा कोषमा ५५ करोड ८ लाख रुपैयाँ सञ्चित छ।

नाफासँगै कम्पनीको प्रतिशेयर आम्दानी पनि घटेको छ। समीक्षा अवधिमा कम्पनीको यस्तो आम्दानी १ रुपैयाँ ६४ पैसा घटेर १२ रुपैयाँ ७८ पैसामा सीमित भएको छ। सो अवधिसम्ममा कम्पनीको बुकभ्यालु १६५ रुपैयाँ ६३ पैसा रहेको छ। यस साताको अन्तिम कारोबार मूल्य आधारमा कम्पनीको मूल्य आम्दानी अनुपात ७७.१४ गुणा रहेको छ भने प्राइस टु बुकभ्यालु रेशियो ५.९५ गुणा रहेको छ।

आधारभूत विश्लेषण

हाल नेप्सेमा कम्पनीको ८३ लाख ९४ हजार १०० कित्ता शेयर सूचीकृत छ। साताको अन्तिम कारोबार मूल्यका आधारमा कम्पनीको कुल बजार पूँजीकरण ८ अर्ब २७ करोड ४९ लाख ३ हजार ७८० रुपैयाँ रहेको छ। कम्पनीको १८० दिने औषत मूल्य ९८४ रुपैयाँ ८ पैसा रहेको छ। त्यसैगरी, कम्पनीको ५२ हप्ताको उच्च मूल्य १ हजार २१७ रुपैयाँ २० पैसा रहेको छ भने न्यून मूल्य ६८१ रुपैयाँ २० पैसा रहेको छ।

ब्रोकर २१ बाट सर्वाधिक खरिद

यस साता ब्रोकर नम्बर २१ ले कम्पनीको सबैभन्दा बढी शेयर खरिद गरेको छ। यस साता सो ब्रोकरले कम्पनीको ४ हजार ३३२ कित्ता शेयर खरिद गरेको छ। यता ब्रोकर नम्बर ५८ ले यस साता कम्पनीको सबैभन्दा बढी ३ हजार १४० कित्ता शेयर बिक्री गरेको छ।

न्यूट्रल जोनमा

फियर एण्ड ग्रीड मिटरमा कम्पनीको शेयरमूल्य अहिले न्यूट्रल जोनमा रहेको छ।

(यस समाचारको प्राविधिक विश्लेषणमा प्रयोग भएका चित्रहरु मेरोलगानी एआई चार्टबाट लिइएको हो भने आधारभूत विश्लेषणमा प्रयोग भएका चित्रहरु मेरोलगानीको डाटा एनालाइटिक्सबाट लिइएको हो।)

(उपलब्ध तथ्यांकका आधारमा गरिएको यो विश्लेषण आफैमा पूर्ण होइन। लगानीकर्ताले लगानीको निर्णय गर्नुअघि थप अध्ययन तथा विश्लेषण गर्नु आवश्यक छ।)

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।