नेशनल हाईड्रोमा सहमति उल्लंघन गरी एनबी समूहले गर्यो उम्मेदवारी दर्ता

Aug 07, 2017 Merolagani

नेशनल हाईड्रोपावर कम्पनी(NHPC)को नयाँ संचालकको निर्वाचनमा बदनामी कमाएको एनबी समुहले पूर्व सहमति उल्लंघन गरी उम्मेदवारी दिएर लामो समयदेखिको बिबाद र तानातानलाई जारी राख्ने संकेत दिएको छ । आईतबार भएको उम्मेदवारी दर्तामा एनबीका लक्ष्मीबहादुर श्रेष्ठका छोरासहित तीन जनाले सो समूहको तर्फबाट संचालकको उम्मेदवारी दर्ता गराएका छन् ।

केही दिनअघि भएको नेशनल हाईड्रोको सेयरधनी भेलाः जहाँ हाथवेलाई ब्यवस्थापन जिम्मा लिईदिन आग्रह गरिएको थियो । 

नेशनल हाईड्रोको साउन ३१ गते हुने साधारणसभाका लागि नौ जनाको उम्मेदवारी परेकोमा पूर्वसहमति अनुसार हाथवे समूहका अम्बिकाप्रसाद पौडेलले भने उम्मेदवारी दिएनन् । यसअघिको सेयरधनीको भेलामा पौडेलले निर्वाचन बिबादमुक्त हुने भए मात्र आफुले उम्मेदवारी दिने र ब्यवस्थापना सम्हाल्ने घोषणा गरेका थिए ।

विवादरहित भए नेशनल हाईड्रोको ब्यवस्थापन हाथवे समूहले सम्हाल्ने

सेयरधनीको भेलामा एनबी समुहका लक्ष्मीबहादुर श्रेष्ठले कम्पनीलाई नयाँ रुपमा अगाडि बढाउँन आफुले हाथवे समूहलाई सहयोग गर्ने भन्दै आफ्नो समूहसँग रहेको सेयरको मताधिकार (प्रोक्सी) हाथवेका पौडेललाई हस्तान्तरण गरेका थिए । लक्ष्मीबहादुरले आफैले दिएको प्रोक्सी खारेज हुने गरी समूूहका तर्फबाट तीनजनालाई उम्मेदवार बनाएपछि पूर्वसहमति तोडिएको छ । अरुलाई प्रोक्सी दिएर सम्बन्धित सेयरधनी साधारणसभामा आफै  उपस्थित भएमा प्रोक्सी स्वतः रद्ध हुन्छ ।  सात जना संचालक निर्वाचित हुनेमा नौ जनाको उम्मेदवारी परेकोले एनबी समूहले नछाड्दा सेयरधनीहरुको तानातान गरी निर्वाचन हुने देखिएको छ ।

एनबी समूहले आफुलाई आबश्यक पर्ने प्रोक्सी संकलन गरिसकेको र हाथवेलाई यसअघि दिएको प्रोक्सी स्वतः रद्ध हुने भएकोले नेशनल हाईड्रोमा फेरि उसकै हालीमुहाली हुने हो कि भन्ने आशंका बढेको छ । केही दिन अघि भएको सेयरधनीको भेलामा हाथवेलाई ब्यवस्थापन जिम्मा लगाउने भन्दै ५५ हजार कित्ता सेयरको प्रोक्सी पौडेललाई हस्तान्तरण गरिएको थियो । यद्यपी हाथवे समूह निकटका नवराज नेपालले माला ईन्भेष्टमेन्टका तर्फबाट उम्मेदवारी दिएका छन् ।

नेशनल हाईड्रोको संचालकका लागि उम्मेदवारी दर्ता गर्ने र फिर्ता गर्ने समय आईतबारै सकिएको नेशनल हाईड्रो सम्बद्ध स्रोतले जनाएको छ ।

वर्तमान संचालकहरु प्रकाश रजौरे, रामबहादुर तामाड. लगायतका सेयरधनीहरु साउन ३१ गतेको साधारणसभा नै अबैध हुने भन्दै बिरोधमा रहेका छन् । त्यसमा निर्मल प्रधान समूहले आफ्नो धारणा स्पष्ट गरिसकेको अवस्था छैन ।

मेरोलगानीसँगको कुराकानीमा रजौरेले भने- कम्पनी रजिष्ट्र्रारको पत्रको जवाफै नदिई एकतर्फी रुपमा उम्मेदवारी दर्ता गरिएको भन्ने सुनेको छु, त्यसबिरुद्ध सशक्त कानुनी प्रतिबाद हुन्छ ।

कम्पनीका अर्का संचालक विश्वेश्वर सुबेदीले भने कम्पनीलाई अगाडि बढाउँन साधारण सभा र नयाँ संचालकको निर्वाचन अत्याबश्यक रहेकोले कानुनी परिधिभित्रै रहेर काम कारबाही भईरहेको दावी गरे ।

नेशनल हाईड्रोमा लामो समयदेखि संस्थागत सुशासन भताभुंग र आर्थिक हिनामिना भई हजारौ सेयरधनी पीडित बन्दै आएका छन् । कम्पनीले  सिन्धुपाल्चोकमा साढे सात मेगावाट बिद्युत उत्पादन थालेको बर्षौ भईसकेको छ तर सेयरधनीले एक पैसा लाभांश पाएका छैनन । कम्पनीको संचित घाटा नै करोडौ रहेकाले अझै केही बर्ष कुनै लाभांश पाउने छाँट छैन । 

सेयर बजारमा कम्पनीको वित्तीय बिवरणको प्रभाव देखिन थाल्यो
विवादरहित भए नेशनल हाईड्रोको ब्यवस्थापन हाथवे समूहले सम्हाल्ने
नेशनल हाइड्रोको सेयर कारोबार खुल्यो
हाईड्रोको अबैध "आईपीओ"मा लाखौ सर्वसाधारण फस्ने खतरा
नेशनल हाइड्रोको पनि रोकियो सेयर कारोबार
नेशनल हाईड्रोका अध्यक्षमाथि गम्भिर आरोप,स्पष्टिकरण माथि स्पष्टिकरणको ओईरो
नेशनल हाईड्रोमा सधैको लफडा, दुई संचालक बिरुद्ध किन सुरुभयो कारबाही प्रक्रिया ?
नेशनल हाईड्रोले पूर्ण क्षमतामा बिद्युत उत्पादन गर्न जडान गर्यो नर्वेको अत्याधुनिक प्रबिधि
फेरिए नेशनल हाईड्रोका प्रबन्ध निर्देशक

बल्ल गर्यो नेशनल हाईड्रोले चार बर्षको संयुक्त साधारणसभा

शेयर बजारमा धोका नखाने हो भने पढ्नैपर्ने केही काण्डहरु
नेशनल हाईड्रोः यस्तो बदमासीको भारी बोकेर कहाँ पुग्ने ?

 

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।