अल्पकालिन लगानीकर्ताले ‘प्रोफिट बुक’ गर्दा नेप्सेमा करेक्सन

Jul 24, 2024 03:11 PM Merolagani



बुधबार नेप्से परिसूचकमा करेक्सन भएको छ। पछिल्ला ६ कारोबार दिनदेखि निरन्तर बढीरहेको नेप्सेमा यस दिन भने करेक्सन भएको हो।

चालु आर्थिक वर्षको पहिलो कारोबार दिनदेखि निरन्तर बढीरहेको नेप्से, पछिल्लो ६ कारोबार दिनमा ३२२.९९ अंक बढेको थियो। नेप्से उच्च दरमा बढेपछि अल्पकालिन लगानीकर्ताहरु नाफा सुरक्षित गर्नतर्फ लागेका छन्। जसका कारण यस दिन बजारमा करेक्सन भएको हो।

यस दिन नेप्से परिसूचक २७.३२ अंक घटेर २५३६.११ विन्दुमा झरेको छ। त्यस्तै, यस दिन सेन्सेटिभ इण्डेक्स ६.२५ अंक घटेको छ भने फ्लोट इण्डेक्स १.५८ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.९७ अंक घटेको छ।

नेप्से घटेपनि यस दिन कारोबार रकम भने बढेको छ। अघिल्लो कारोबार दिन १४ अर्ब ११ करोडको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ३११ स्टकको १ लाख ८८ हजार ८६५ पटकको कारोबारमा १६ अर्ब २० करोड ८५ लाख रुपैयाँ बराबरको ४ करोड ७ लाख ४७ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

यस दिन तीन स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन बोटलर्स नेपाल (तराई), एशियन हाइड्रोपावर र चन्द्रागिरी हिल्सको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। त्यस्तै, यस दिन समृद्धि फाइनान्सको शेयरमूल्य साढे ९ प्रतिशतभन्दा बढी बढेको छ भने आरम्भ चौतारी लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य ९ प्रतिशतभन्दा बढी बढेको छ। कारोबारमा आएको चिरख्वा हाइड्रोपावरको शेयरमूल्य यस दिन सर्वाधिक ७.७९ प्रतिशत घटेको छ।

कारोबार रकमका आधारमा यस दिन हिमालयन रि इन्स्योरेन्स शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ३६ करोड ७ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ। त्यस्तै, यस दिन शिवम् सिमेन्ट्सको ३४ करोडभन्दा बढीको शेयर कारोबार भएको छ भने अप्पर तामाकोशी हाइड्रोपावरको कारोबार रकम कारोबार रकम २९ करोड नाघेको छ।

१३ उपसमूहको परिसूचकमध्ये यस दिन ११ उपसमूहको परिसूचक घटेको छ भने २ उपसमूहको परिसूचक बढेको छ। यस दिन वित्त उपसमूहको परिसूचक सर्वाधिक १.१६ प्रतिशत बढेको छ। त्यस्तै, होटल तथा पर्यटन उपसमूहको परिसूचक ०.१३ प्रतिशत बढेको छ। यस दिन व्यापार उपसमूहको परिसूचक सर्वाधिक ३.०९ प्रतिशत घटेको छ। त्यसैगरी, यस दिन बैंकिङ्ग, जलविद्युत, उत्पादन तथा प्रशोधन, लघुवित्त र अन्य उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेको छ।




comments powered by Disqus

बजार घटेपछि सांसद देखि लगानीकर्ताले भेटे अर्थमन्त्री, ७ सुझाव दिँदै भने-अवैज्ञानिक पूँजीकरण गणनाले बजार घटायाे

Sep 01, 2024 05:14 PM

अवैज्ञानिक पूँजीकरण गणनाले बजारमा गलत सन्देश प्रवाह गरेको भन्दै अर्थमन्त्रीको ध्यानकषर्ण गराइएको छ । आईतबार प्रतिनिधि सभाका सांसद हरि ढकाललगायत ब्रोकर, मर्चेन्ट क्यापिटल र लगानीकर्ताको प्रतिनिधिले अर्थमन्त्रीलाई ७ बुँदे सुझाव बुझाउँदै ध्यान आकर्षण गराएका हुन ।