चार दिनको वृद्धिपछि घट्यो नेप्से, भोल्यूम भने बढ्यो

Oct 20, 2024 03:17 PM Merolagani



साताको पहिलो कारोबार दिन नेप्से परिसूचक घटेर बन्द भएको छ। पछिल्ला ४ कारोबार दिनदेखि उकालो लागेको नेप्से, यस दिन भने घटेर बन्द भएको हो।

आइतबार नेप्से परिसूचक ४७.४४ अंक घटेर २६९७.९१ विन्दुमा झरेको छ। त्यस्तै, यस दिन सेन्सेटिभ इण्डेक्स ७.९१ अंक घटेको छ भने फ्लो इण्डेक्स ३.२६ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स २.५७ अंक घटेको छ।

नेप्से घटेपनि यस दिन भोल्यूम भने बढेको छ। अघिल्लो कारोबार दिन अर्थात गत बिहीबार ७ अर्ब १९ करोडको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ३१५ स्टकको ८८ हजार ७१४ पटकको कारोबारमा ८ अर्ब १८ करोड २ लाख ६२ हजार रुपैयाँ बराबरको २ करोड ८ लाख ६८ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

यस दिन कुथेली बुखरी स्मल हाइड्रोपावरको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। सो कम्पनीको शेयरमूल्य यस दिन २०९ रुपैयाँ ९० पैसा बढेर २ हजार ३०८ रुपैयाँ ९० पैसामा अन्तिम कारोबार भएको छ। त्यस्तै, यस दिन ड्रादी ग्रुप पावरको शेयरमूल्य करिब १० प्रतिशत बढेको छ भने हिमालयन लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य करिब ६ प्रतिशत बढेको छ। यस दिन इष्टर्न हाइड्रोपावरको शेयर नकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। सो कम्पनीको शेयरमूल्य यस दिन ९७ रुपैयाँ ३० पैसा घटेर ८७५ रुपैयाँ ७० पैसामा अन्तिम कारोबार भएको छ।

कारोबार रकमका आधारमा यस दिन गुडविल फाइनान्स लिमिटेड शीर्ष स्थानमा रहेको छ। सो फाइनान्सको यस दिन ४५ करोड ७ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ। त्यस्तै, यस दिन कुमारी बैंकको करिब ३८ करोडको शेयर कारोबार भएको छ भने हिमालयन रि इन्स्योरेन्सको २६ करोडभन्दा बढीको शेयर किनबेच भएको छ।

१३ उपसमूहमध्ये यस दिन १२ उपसमूहको परिसूचक घटेको छ भने एक उपसमूहको परिसूचक स्थिर रहेको छ। यस दिन वित्त उपसमूहको परिसूचक सर्वाधिक ४ प्रतिशत घटेको छ। त्यस्तै, यस दिन विकास बैंक, होटल तथा पर्यटन, जलविद्यूत, जीवन बीमा र उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी घटेको छ भने बैंकिङ्ग, लगानी, लघुवित्त, निर्जीवन बीमा, अन्य र व्यापार उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेको छ।




comments powered by Disqus

रविसँगै जेल जाने १४ जना काे काे हुन् ?

Oct 18, 2024 06:03 PM

सहकारी ठगीमा अनुसन्धान गर्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवं पूर्वउपप्रधान तथा गृहमन्त्री रवि लामिछानेसहित १४ जनाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।