सामान्य अंक बढ्यो नेप्से, कारोबार रकम भने ७ अर्ब नाघ्यो

Oct 17, 2024 03:14 PM Merolagani



साताको अन्तिम कारोबार दिन नेप्से परिसूचक सामान्य अंक बढेर बन्द भएको छ। दशैँ अघिको अन्तिम कारोबार दिनदेखि बढेर बन्द भएको नेप्सेले यस दिन पनि सोही क्रमलाई निरन्तरता दिएको हो।

बिहीबार नेप्से परिसूचक २.४७ अंक बढेर २७४५.३६ विन्दुमा पुगेको छ। त्यस्तै, यस दिन सेन्सेटिभ इण्डेक्स १.३१ अंक बढेको छ भने फ्लोट इण्डेक्स ०.०९ अंक बढेको छ भने सेन्सेटिभ फ्लोट इण्डेक्स ०.२४ अंक बढेको छ।

नेप्सेसँगै यस दिन कारोबार रकम पनि बढेको छ। अघिल्लो कारोबार दिन साढे ५ अर्बभन्दा बढीको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ३१६ स्टकको ८० हजार ५९५ पटकको कारोबारमा ७ अर्ब १९ करोड २७ लाख ९२ हजार रुपैयाँ बराबरको १ करोड ८८ लाख ७ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

यस दिन गुडविल फाइनान्सको शेयरमूल्य सर्वाधिक ७.६३ प्रतिशत बढेको छ। त्यस्तै, यस दिन एनआईसी एशिया सेलेक्ट फण्ड र सनराइज ब्लुचिप फण्डको इकाईमूल्य ६ प्रतिशतभन्दा बढी बढेको छ। कारोबारमा आएको अप्पर साङ्गे हाइड्रोपावर र मिड सोलु हाइड्रोपावरको शेयरमूल्य यस दिन ५ प्रतिशतभन्दा बढी घटेको छ। अन्य स्टकहरुको मूल्य गिरावट दर भने ५ प्रतिशतभन्दा कम रहेको छ।

कारोबार रकमका आधारमा यस दिन कुमारी बैंक लिमिटेड शीर्ष स्थानमा रहेको छ। सो बैंकको यस दिन ३३ करोड १३ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ। त्यस्तै, यस दिन हाइड्रो इलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनीको साढे २६ करोडभन्दा बढीको संस्थापक शेयर कारोबार भएको छ भने हिमालयन रि इन्स्योरेन्सको २० करोडभन्दा बढीको शेयर किनबेच भएको छ।

१३ उपसमूहमध्ये यस दिन ७ उपसमूहको परिसूचक बढेको छ भने ६ उपसमूहको परिसूचक घटेको छ। यस दिन म्युचुअल फण्ड उपसमूहको परिसूचक सर्वाधिक १.४० प्रतिशत बढेको छ। कारोबारमा आएको व्यापार उपसमूहको परिसूचक यस दिन सर्वाधिक २.१० प्रतिशत घटेको छ भने होटल तथा पर्यटन उपसमूहको परिसूचक करिब साढे १ प्रतिशत घटेको छ।




comments powered by Disqus

फेरि घट्यो वाणिज्य बैंकहरुको ब्याजदर, कुन बैंकको ब्याजदर कति?

Oct 16, 2024 09:23 AM

वाणिज्य बैंकहरुले कात्तिक महिनाका लागि नयाँ ब्याजदरको सूचना प्रकाशित गरेका छन्। जस अनुसार बैंकहरुको व्यक्तिगत मुद्दति निक्षेपको औषत ब्याजदर, असोज महिनाको तुलनामा घटेको देखिएको छ।