सुन र चाँदीको मूल्य घट्यो

Jun 19, 2025 10:50 AM Merolagani



असार ५ गते, बिहीबार, नेपाली बजारमा सुन र चाँदीको मूल्य घटेको छ। यस दिन सुन प्रतितोला ४०० रुपैयाँले घटेको छ भने चाँदीको मूल्य तोलामा २५ रुपैयाँले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार यस दिन छापावाल सुन प्रतितोला एक लाख ९५ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । बुधबारको बजारमा छापावाल सुन प्रतितोला एक लाख ९५ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो ।

यस दिन चाँदीको मूल्य तोलामा २५ रुपैयाँले घटेकाे छ । यस दिन चाँदी प्रतितोला दुई हजार २०० रुपैयाँमा कारोबार भईरहेको छ । बुधबार चाँदी प्रतितोला दुई हजार २२५ रुपैयाँमा कारोबार भएको थियो । बुधबार चाँदीको मूल्यले नयाँ उचाई बनाएको थियो ।