उत्पादनमा जोड नदिए पूर्वाधारबाट प्रतिफल लिन सकिन्नः अर्थमन्त्री खतिवडा

Mar 01, 2019 Merolagani

अर्थमन्त्री डा. युवराज खतिवडाले कृषिजन्य उत्पादनमा जोड दिन स्थानीय तहलाई आग्रह गरेका छन्। राजधानीमा सुरु भएको साना किसान सम्मेलनमा बोल्दै डा. खतिवडाले कृषि विकासका धेरै कार्यक्रमहरु स्थानीय तहलाई हस्तान्तरण गरिएको स्मरण गराए।

 सन्तुलित विकासका लागि पूर्वाधार र कृषिमा आधारित उत्पादन सँगसँगै अगाडि बढाउन जरुरी रहेको मन्त्री खतिवडाको भनाई थियो। जनशक्ति र बजेटको जिम्मा स्थानीय तहलाई दिइएकाले जनप्रतिनिधिहरुले उत्पादनलाई प्राथमिकतामा राख्नु पर्ने उनको भनाई छ।

पूर्वाधारमा मात्रै बजेट बढाउँदा उत्पादन नभए प्रतिफल प्राप्त नहुने भन्दै खतिवडाले सन्तुलित विकासमा ध्यान दिन जनप्रतिनिधिलाई आग्रह गरे। 

खाद्यबस्तुमा मूल्य तोकिने

कार्यक्रममा खतिवडाले खाद्यान्न उत्पादनमा मूल्य तोक्ने विषयमा अगाडि काम गरिरहेको बताउँदै केही खाद्यबस्तुमा मूल्य तोक्ने लागेको जानकारी दिए। क्रयशक्ति बढाउन मूल्य वृद्धिलाई एउटा सीमामा राख्ने र न्यूनतम ज्याला बढाउने योजना सरकारकाे रहेकाे छ। उनले भने। 

उनले भने 'अहिले उत्पादन भएको वस्तु मङ्हगो भएको छ। उत्पादन भएको वस्तुको लागत बढी भएर किसान मर्कामा परिरहेकाले  के समस्या भएको हो, समस्या उत्पादनकत्वका हो वा हामीले प्रयोग गर्ने सामाग्र वा प्रविधि के को हो ? '

कृषि उत्पादन बढाउन हामीले यान्त्रीकरण र सहकारीबाट सामूहिक खेती प्रणालीमा जानुपर्ने बताए । सहकारीले प्रविधि हस्तान्तरण गर्ने, प्रशोधन गर्ने, बजारिकण गर्ने, अन्तर्राष्ट्रियकरण गर्ने काममा सहयोग गर्ने तथा सरकारले अनुदान वितरण र प्रविधि दिँदा पनि समूहमा पुग्न सजिलो हुँदा लागत घटाउन सहयोग पुग्ने उनको भनाई थियो। लघु बीमा सहकारीबाट अघि बढाइने भन्दै उनले जोखिम व्यवस्थापनमा बीमाको भूमिका महत्वपूर्णं हुने बताए।

कृषिमा बाली लगाउनेदेखि भित्रयाउने बेलासम्म जोखिम रहेको कारण कृषिलाई राज्यले संरक्षण गरेको बताउँदै संघीय सरकारको बजेटको ठूलो अंश स्थानीय र प्रदेश तहबाटै खर्च गर्ने व्यवस्था गरेको बताए । यस्तै निकासी गर्ने कृषि सामाग्रीमा अनुदानको व्यवस्था गरेको छ ।

कृषिमा लगानी गर्न सुरु सुरुमा बैंकमा अनिश्चय भएका थिए। बीमा राम्रो रुपमा हुने, बजार मूल्य राम्रो हुने भएपछि हामीले बैंकलाई ऋण दिनैपर्छ भनेर भन्यौं । कृषिमा राम्रो सहयोग नगर्ने हो भने बैंकिङ क्षेत्रको विकास आफैमा पनि छिटो अघि बढ्दैन। यो कुरा बैंकहरुले बुझदै गएका छन् । आगामी दिनमा सहज हुँदै जानेछ।

कृषिको रुपान्तरण गर्नु जरुरी रहेको बताउँदै अर्थमन्त्री खतिवडाले भने 'हामी तपाईहरुलाई सधै साना किसान देख्न चाहादैनौं। सानो हुदाँ वित्तिकै सानै काम गर्नुपर्छ भन्ने कहिल्यौ होइन । इजरायली राजदूतले भन्नु भयो नेपाल इजरायलभन्दा सात गुणा ठुलो छ।अन्तर्राष्ट्रियस्तरमा इजरायललाई नचिन्ने को छ? सानो सुन्दर हुन्छ तर सानो सुन्दरलाई कहिले काही ठूलो आकारमा सृजना गर्नुपर्ने हुन्छ। सानोलाई ठूलो आकार दिने भनेको साना किसान र व्यवसायी मिलेर ठुलो कृषिको विकास गर्न सक्ने वातावरणमा जाने हो। त्यसो भयो भने उत्पादकत्व पनि बढ्छ । हाम्रो समाजमा हाम्रो आवाज सुन्ने समयन्त्र पनि बलियो हुन्छ ।

 

“साना किसानको समृद्धि कृषिको रुपान्तरण र उद्यमशीलताको विकस’ भन्ने मूल नाराका साथ बिहीबार सुरु भएको कार्यक्रममा देशभरका एक हजार २०० साना किसानको सहभागिता छ ।

साना किसान विकास लघुवित्त वित्तीय संस्था लिको आयोजनामा शुरु भएको सम्मेलनमा २८ कार्यपत्रमा छलफल गरिने भएको छ । पहिलो सम्मेलन ‘गरीबी न्यूनीकरणका लागि ग्रामीणस्तरीय सबल संस्था निर्माण’ भन्ने अभियानका साथ १९ बुँदे काठमाडौँ घोषणपत्र पारित गर्दे सम्पन्न भएको थियो ।

सम्मेलनले सन् २०२५ सम्म व्याप्त गरीबी न्यूनीकरणका लागि सुनिश्चिततासहितको लक्ष्य प्रस्ताव गरेको थियो । साना किसान विकास लघुवित्त वित्तीय संस्था लि, अन्य लघुवित्त संस्था, नेपाल कृषि सहकारी केन्द्रीय सङ्घ, साना किसान कृषि सहकारी संस्थाक जिल्ला सङ्घ, साना किसान कृषि सहकारी संस्था लि र समान प्रकृतिका अन्य लघुवित्त संस्थाका पदाधिकारीको कार्यक्रममा उपस्थिति छ ।

comments powered by Disqus

आइएमई लाइफको लाभांश घोषणा, बोनस र नगद कति?

May 02, 2024 09:44 AM

आइएमई लाइफ इन्स्योरेन्स (ILI) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। इन्स्योरेन्सले हाल कायम चुक्ता पूँजीको ३४.५० प्रतिशतका दरले लाभांश वितरण गर्ने घोषणा गरेको हो।