नेपाली पूँजी बजारमा विदेशी लगानीकर्ता भित्र्याउँछौंः अर्थमन्त्री खतिवडा

Apr 04, 2019 Merolagani

अर्थमन्त्री डा. युवराज खतिवडाले नेपाली पूँजी बजारमा विदेशी लगानीकर्ता भित्र्याउन सरकार लागि परेको बताएका छन्। नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाले राजधानीमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै खतिवडाले कुनै न कुनै हिसाबले पुँजी बजारमा विदेशी लगानीकर्ता भित्र्याउनु पर्नेमा जोड दिए।

वित्तीय र मौद्रिक उपकरणको विस्तारका लागि पनि सो जरुरी रहेको खतिवडाको मत छ। बैंकिङ्ग र बीमामा विदेशी लगानी खुला गरे जस्तै मोडल पूँजी बजार क्षेत्रमा पनि लागू गरिनुपर्ने अर्थमन्त्री खतिवडाको भनाई छ ।

विश्वभरका लगानीकर्ताका लागि दक्षिण एसिया आकर्षणको केन्द्र बनेको भन्दै खतिवडाले पूँजी बजार क्षेत्रमा आउने लगानीमा यो क्षेत्र कमजोर बनेको समेत बताए ।

comments powered by Disqus

आइएमई लाइफको लाभांश घोषणा, बोनस र नगद कति?

May 02, 2024 09:44 AM

आइएमई लाइफ इन्स्योरेन्स (ILI) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। इन्स्योरेन्सले हाल कायम चुक्ता पूँजीको ३४.५० प्रतिशतका दरले लाभांश वितरण गर्ने घोषणा गरेको हो।