अथर्मन्त्रीसंग त पैसा छैन्,कसरी शेयर किन्ने ? कहिले बजार बढ्ने ?

Mar 05, 2019 Merolagani

अर्थमन्त्री डा.युवराज खतिवडाले पैसा हुनेले शेयर नकिनेका कारण शेयर बजार प्रभावित भएको प्रतिक्रिया दिएका छन् । मंगलबार अर्थ मन्त्रालयमा आयोजित आर्थिक वर्ष २०७५/०७६ को बजेट अर्धवार्षिक समीक्षा प्रतिवेदन सार्वजनिक कार्याक्रम पछि संचारकर्मीहरुकोसंगको भलाकुसारीमा उनले यस्तो धारणा राखेका हुन् ।

सञ्चारकर्मीसंग सरल ढंगले प्रस्तुत भएका अर्थमन्त्री खतिवडाले शेयर बजार आरोलो लाग्नुको कारण आफू र अर्थमन्त्रालय नभएको प्रष्ट्याए ।

'बैंकहरुले नाफा कमाएका छन्, उद्योग कल-कारखानाको क्षमता बढेको छ, उत्पादन बढेको तथ्याङ्कमा देखिन्छ तर त्यही कम्पनीको शेयर मूल्य किन घटेको छ ?' अर्थमन्त्री खतिवडाले सञ्चारकर्मीलाई प्रतिप्रश्न गरे ।

सिधा अर्थमा भन्नु पर्दा पैसा हुनेले शेयर किने भने मूल्य बढ्ला,तपाई पत्रकार साथिहरु किन्नुस् बजार बढ्ला! अर्थमन्त्रीसंग त पैसो छैन कसरी शेयर किन्ने ? कसरी बजार बढ्ने ? मुस्कुराउँदै अर्थमन्त्री खतिवडाले भने ।

comments powered by Disqus

आइएमई लाइफको लाभांश घोषणा, बोनस र नगद कति?

May 02, 2024 09:44 AM

आइएमई लाइफ इन्स्योरेन्स (ILI) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। इन्स्योरेन्सले हाल कायम चुक्ता पूँजीको ३४.५० प्रतिशतका दरले लाभांश वितरण गर्ने घोषणा गरेको हो।